• २०८१ बैशाख १३ बिहीबार

स्वास्थ्य सचिवमा चौधरीलाई निरन्तरता 

kharibot

काठमाडौँ। सर्वोच्च अदालतले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवमा डा पुष्पा चौधरीलाई निरन्तरता दिने आदेश जारी गरेको छ । न्यायाधीश मीरा खड्का र ईश्वरप्रसाद खतिवडाको संयुक्त इजलासले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवमा डा चौधरीलाई नै निरन्तरता दिने आदेश जारी गरेको हो । 

मन्त्रिपरिषद्को गत असोज २८ गते बसेको बैठकले सचिव चौधरीलाई सरुवा गरेको थियो । मन्त्रिपरिषद्को सो निर्णयविरुद्ध चौधरीले गत कात्तिक १५ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन्। 

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलासले पहिलो सुनुवाइ गर्दै गत कात्तिक १६ गते अन्तरिम आदेश जारी गरेको थियो । कर्मचारी सरुवा गर्न पाउने सरकारको निर्णयमा हस्तक्षेप भएको उल्लेख गर्दै सरकारले गत मङ्सिर ५ गते निवेदन दर्ता गरेको थियो । उक्त निवेदनमाथि सुनुवाइ गर्दै आज अन्तरिम आदेशलाई सर्वोच्चले निरन्तर हुने आदेश गरेको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै