• २०८१ बैशाख ७ शुक्रबार

को हुन् आइपिएल अक्सनका महंगा खेलाडी बरुण ?

kharibot

काठमाडौँ। मंगलबार सम्पन्न आइपिएल अक्सनमा २७ बर्षिय भारतीय अनक्याप्ड खेलाडी बरुण चक्रवर्तीलाई किंग्स इलेभेन पंजावले ८ करोड ४० लाखमा किनेको छ। न्युनतम मुल्य २० लाख रहेका बरुणलाई किंग्स इलेभेनले यति धेरै पैसामा किनेपछि उनको चर्चा एका एक चुलिएको छ। बरुण २०१९ को आइपिएल अक्सनमा सबै भन्दा महँगो खेलाडी बन्न पुगे। 

बरुण तमिलनाडूका क्रिकेटर हुन्। उनको बारेमा भनिन्छ कि उनी १३ बर्षदेखि क्रिकेट खेल्न सुरु गरे र १७ बर्षको उमेरमा उनी विकेटकिपर ब्याट्सम्यानको रुपमा क्रिकेट खेले। तर उमेर समुहमा टिममा पर्न छोडेपछि बरुणले क्रिकेट छोडेर आफ्नो ध्यान पढाईमा लगाए। उनले एसआरएम विश्वविधालय चेन्नईबाट आर्किटेक्ट इञ्जिनियरिङ्गको पढाई गरे। ५ बर्षको पढाई पछि बरुणले २ बर्षजति एक इञ्जिनियरिङ्ग कम्पनिमा काम गरे। तर उनको क्रिकेट प्रतिको मोहले उनलाई छोडेको थिएन।

बरुणले अलराउन्डरको रुपमा चेन्नईको क्रिकेट क्लबमा खेल्न सुरु गरेपनि इन्जुरीले फेरी खेलबाट टाढा भए। तर इन्जुरीबाट बाहिर आएपछि उनी चेन्नईमा चौथो डिभिजनको क्रिकेट कल्ब जुब्ली क्रिकेट क्लबमा आवद्ध भए। स्पिनरको रुपमा आवद्ध भएका बरुणले २०१७-१८ सिजनमा खेलेका ७ खेलमा ७१ विकेट लिएर सबैलाई चकित पारे। एक दिवसीय सो खेलमा उनको औसत ३.०६ रन रहेको छ। त्यस्तै उनले एक खेलमा अविजित ७४ रन बनाएर आफ्नो ब्याटिंग कलाको पनि प्रदर्शन गरे। 

उनले बलिङ्गमा सात प्रकारको फरक फरक बलिङ्ग गर्न सक्ने बताइएको छ। बरुणले अफब्रेक,लेगब्रेक, गुगली, कारम बल, फ्लिपर, टप स्पिनर र योर्कर बलिङ्ग गर्न सक्ने बताइन्छ। 
उनले हालै सम्पन्न विजय हजारे ट्रफीमा ९ खेलमा २२ विकेट लिएका छन्। जसमा उनको औसत 4.२३ रन रहेको छ। हाल बरुण नामी नाडूको रणजी ट्रफी टिममा समावेश भएका छन्।  
  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै