• २०८१ बैशाख १२ बुधबार

आइपिएल अक्सनमा बिक्रि नभएका यी स्टार खेलाडीहरु 

kharibot

काठमाडौँ। मंगलबार भएको आइपिएल अक्सनमा टिमका फ़्रेञ्चाइजहरुले भारतीय तथा वेस्टइन्डिजका खेलाडीहरुलाई करोडौ रकममा किनेका छन्। राजस्थान रोयल्सले आफ्नै पुर्वखेलाडी जयदेव उनदकटलाई ८ करोड ४० लाख खर्च गरेर किन्यो। त्यस्तै पंजाव किंग्स इलेभनले अनक्याप्ड खेलाडी बरुण चक्रवर्तीलाई पनि ८ करोड ४० लाख मै किन्यो। त्यस्तै चर्चित भारतीय खेलाडी युवराज सिंहलाई मुम्बई इण्डियन्सले बेस मुल्य एक करोडमा किन्यो। 

तर विगतमा भएका आइपिएलमा उच्च मुल्यमा फ़्रेञ्चाइजहरुले किनेका र आइपिएलमा उत्कृष्ट प्रदर्शन गरेका केहि खेलाडीहरु भने आउदो आइपिएलमा देख्न नपाइने भएको छ। मंगलबार भएको अक्सनमा केहि चर्चित खेलाडीहरुलाई कुनै टिमले किनेनन्। 

आइपिएल अक्सनमा नबिकेका न्युजील्याण्डका चर्चित खेलाडी ब्रेण्डम म्याकुलम हुन्। म्याकुलमले २००८ मा कोलकोता नाइट राइडर्सबाट खेल्दै १५८ रनको तुफानी पारी खेलेका थिए। तर गत आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलोरबाट खेल्दै ६ खेलमा १२७ रन मात्र बनाएका थिए। उनको निराशाजनक प्रदर्शनबाट रोयल च्यालेन्जर्सले रिलिज गरेको थियो। उनको यस पटक बेस मुल्य २ करोड राखिएको थियो। 

आइपिएलको २०१९ सिजनमा दक्षिण अफ्रीकाका तिब्र गतिका बलर डेल स्टेनलाई पनि देख्न नपाइने भएको छ। स्टेनलाई कुनै टिमले बोलि लगाएनन्। स्टेन गनका नामले चर्चित स्टेन इन्जुरीका कारण पछिल्ला दुई आइपिएलमा देखिएका थिएनन्। उनले २०१६ मा केवल एक खेल मात्र खेलेका स्टेनको बेस मुल्य एक करोड ५० लाख रहेको थियो। 

यस अक्सनमा बिक्रि नभएका अर्का चर्चित खेलाडी इङल्याण्डका क्रिस बोक्स रहेका छन्। बोक्सको बेस मुल्य २ करोड रहेको थियो । उनी पछिल्लो आइपिएलमा रोयल च्यालेञ्जर्सले ७ करोड ४० लाखमा किनेको थियो। तर उनलाई रोयलले रिलिज गरेपछि यस अक्सनमा राखिएको थियो। 

आइपिएल अक्सनमा बिक्रि नभएका अर्का खेलाडी अस्ट्रेलियाका ब्याट्सम्यान शान मार्श हुन् । उनले आइपिएलका ७१ खेलमा २४७७ रन बनाएका छन्। २ करोडको बेस मुल्य राखिएका मार्श यस अक्सनमा कुनै टिमले लिएनन्। 

त्यस्तै आइपिएल अक्सनमा बिक्रि नभएका अर्का चर्चित खेलाडी हुन इङल्याण्डका एलेक्स हेल्स हुन्। गत आइपिएलमा सनराइजर्स हैदरावादबाट खेलेका हेल्सले गत आइपिएल ६ खेलमा केवल ४५ रन बनाएका थिए। 
                    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै