• २०८१ बैशाख ८ शनिबार

ट्याक्सी चालकमाथि आक्रमण गरेर लुटपाट, चालकको आँखा फुट्यो !

kharibot

फाइल तस्बीर

काठमाडौँ। दुईजना लुटेराले मंगलबार राति एकजना ट्याक्सी चालकमाथि आक्रमण गरेर लुटपाट गरेका छन् । ललितपुरको दमकल नजिकैबाट विरामीको बहानामा अस्पताल लगिदिन भन्दै चढेका दुई लुटेरले बा१ज ६१५७ नम्बरको ट्याक्सीका चालक ४२ वर्षीय डम्बर खड्कामाथि छुरा हानेर लुटपाट गरेका हुन् ।

दमकल चोकबाट अस्पताल जाने भन्दै ट्याक्सी चढेका लागू औषध दुर्व्यसनी जस्ता देखिने दुई लुटेराले बालकुमारीको झोलुङ्गे पुल नजिक पुगेपछि चालकमाथि छुरा हानेका महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। लुटेरा युवाले पछाडिको सिटबाट एक्कासी छुरा हान्दा चालक खड्काको देब्रे आँखामा गहिरो चोट लागेको छ । 

विरामी भएको भन्दै काठमाडौंको शंखमुल जाने बहानामा चढेका उनीहरुले बालकुमारी पुलबाट करिडोर हुँदै केही पर सुनसान स्थानमा पुगेपछि चालक खड्कामाथि पछाडिबाट धारिलो हतियारले हानेका थिए । 

करिब २५ वर्षीय कालो वर्ण र ३५ वर्षीय गोरो वर्णका दारी पालेका व्यक्तिमध्ये एकले छुरा हानेर लुटपाट गरेको जानकारी चालकले बताएका छन् । छुरा हानेपछि उनीहरुले चालकबाट ६ हजार रुपैयाँ र एउटा मोबाइल फोन लगेको जानकारी चालकले दिएका छन ।

छुरा प्रहार गरिँदा खड्काको देब्रे आँखा फुटेको छ । लुटेराले छुरासँगै हानेको लाठी प्रहरीले घटनास्थलबाट बरामद गरेको छ । सिरहा घर भइ हाल ललितपुरको भैंसेपाटीमा बस्दै आएका चालक खड्का ललितपुर एरियामै ट्याक्सी चलाउँथे । 

प्रहरीले उनलाई पाटन अस्पतालमा प्राथमिक उपचार गराएपछि थप उपचारका महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल पुरयाएको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको तर लुटेराको पहिचान हुन सकेको बताएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै