• २०८१ बैशाख ७ शुक्रबार

आर्सनललाई पराजित गर्दै टोटनह्याम लिग कपको सेमिफाइनलमा

kharibot

काठमाडौँ। टोटनह्यामले आर्सनललाई पराजित गर्दै लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ। गएराती भएको क्वाटरफाइनलको खेलमा आर्सनललाई २-० ले पराजित गर्दै टोटनह्याम सेमिफाइनलमा पुगेको हो। 

टोटनह्यामको जितमा सन हेंग मिन र डेल अलीले एक एक गोल गरेका थिए। यो जितसँगै टोटनह्यामले प्रिमियर लिगमा यस महिना आर्सनलसँगको हारको बदला लिएको छ। साथै टोटनह्याम सन् २०१४-१५ देखि पहिलो पटक लिग कपको सेमिफाइनलमा पुगेको छ। 

प्रतियोगिताको सेमिफाइनलमा टोटनह्यामले अब चेल्सीको सामना गर्ने छ भने अर्को सेमिफाइनलमा म्यानचेस्टर सिटीले लिग वान क्लब बर्टन अल्बिओनसँग खेल्ने छ। सेमिफाइनलका खेल जनवरी ८ मा हुने छन्।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै