• २०८१ बैशाख १३ बिहीबार

हजार्डको गोलमा चेल्सी लिग कपको सेमिफाइनलमा 

kharibot

काठमाडौँ। चेल्सी लिग कपको सेमिफाइनलमा पुगेको छ। गएराती भएको खेलमा चेल्सीले बोर्नमाउथलाई १-० गोल अन्तरले पराजित गर्दै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो। 

चेल्सीको जितमा सबस्टिच्युटको रुपमा मैदानमा आएका इडेन हजार्डले खेलको एक मात्र गोल गरेका थिए। हजार्ड खेलको ८४औ मिनेटमा गोल गरेका थिए। चेल्सी सन् २००७-०८ पछि पहिलो पटक लगातार लिग कपको सेमिफाइनलमा पुगेको छ।   

अब प्रतियोगिताको सेमिफाइनलमा चेल्सीले टोटनह्यामको सामना गर्ने छ भने अर्को सेमिफाइनलमा म्यानचेस्टर सिटीले लिग वान क्लब बर्टन अल्बिओनसँग खेल्ने छ। सेमिफाइनलका खेल जनवरी ८ मा हुने छन्।    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै