• २०८१ बैशाख १३ बिहीबार

रियल म्याड्रिड क्लब विश्वकपको फाइनलमा, ग्यारेथ बेलले गरे ह्याट्रिक 

kharibot

काठमाडौँ। रियल मड्रिड फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति आबुधावीमा भएको खेलमा रियलले कासिमा एन्टलेर्सलाई ३-१ गोल अन्तरले पराजित गरेको छ । 

रियलका लागि ग्यारेथ बेलले ह्याट्रिक गरेका थिए। बेलले खेलको ४४ ५३ र ५५औ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए। कासिमाका लागि भने खेलको ७०औं मिनेटमा कासिमाका लागि सोमा डोइले एक गोल फर्काएका थिए । 

बेल फिफा क्लब विश्वकपमा ह्याट्रिक गर्ने तेस्रो खेलाडी बनेका छन्। फिफा क्लब विश्वकपमा क्रिस्टियानो रोनाल्डो र लुइस स्वरेजले यसअघि ह्याट्रिक गरेका छन्। साथै जारी प्रतियोगितामा बेलले गोल सख्या ६ पुर्‍याएका छन् फिफा क्लब विश्वकपमा एक सिजनमा रोनाल्डोले सर्वाधिक ७ गोल गरेका छन् । साथै रियल म्याड्रिड फिफा क्लब विश्वकपको इतिहासमा लगातार तेस्रो पटक फाइनल खेल्ने पहिलो टिम बनेको छ। 

ह्याट्रिक गरेका बेल भने प्रतियोगिताको फाइनल खेल खेल्ने विषयमा आशंका बढेको छ। बेल एंकलमा चोट लागेपछि मैदानबाट बाहिरीएका थिए । लगातार तेस्रो पटक क्लब विश्वकपको उपाधि जित्ने लक्ष्यमा रहेको रियललाई वेलको चोटले ला लिगमा पनि दबाव बढेको छ । त्यसभन्दा अगाडि शनिबार हुने क्लब विश्वकपको फाइनलमा वेल खेल्ने नखेल्ने भन्ने टुंगो छैन ।

उपाधिका लागि रियलले यूएईको अल एइनसँग खेल्ने भएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै