• २०८१ बैशाख ११ मंगलबार

आइपिएलबाट अरब कमाउने दुई खेलाडी 

kharibot

काठमाडौँ। इण्डियन प्रिमियर लिग (आइपिएल) को अब १२औ संस्करण सुरु हुन् केहि महिना बाँकी रहेको छ। २०१९ को सिजनका लागि अक्सन पनि सम्पन्न भएको छ। अक्सनमा भारतीय र केहि बिदेशी खेलाडी करोडौमा बिक्रि भए भने केहि स्टार खेलाडीहरुलाई टिमले किन्न इच्छा देखाएनन् ।

भारतीय खेलाडी जयदेव उनदकट, बरुण चक्रवर्ती, शिभम देव जस्ता खेलाडीहरु करोडौमा बिक्रि भए भने युवराज सिंह,  जस्ता खेलाडीहरु बेस मुल्य मै बिक्रि भए। त्यस्तै ब्रेनडम म्याकुलम, शान मार्श जस्ता खेलाडीलाई भने आइपिएल फ़्रेञ्चाइजिले किन्न कुनै इच्छा देखाएनन्। 

यसै बीच आइपिएलको ११औ संस्करण सकिदा दुई यस्ता खेलाडी छन् जसले आइपिएलबाट मात्र सय करोड भन्दा बढी पारिश्रमिक पाएका छन्। इनसाइड स्पोर्ट्सका अनुसार चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनी र मुम्बई इण्डियन्सका कप्तान रोहित शर्माले अहिलेसम्म आइपिएलबाट सय करोड भन्दा बढी कमाई गरेका छन्। 

११ वटा सिजनमा आइपिएलमा ६९४ खेलाडीले आइपिएल खेलेका छन्। जसमा महेन्द्रसिंह धोनी अहिलेसम्म कै सर्वाधिक कमाई गर्ने खेलाडी बनेका छन्। धोनीले अहिलेसम्म १०७.८ करोड भारतीय रुपैया पारिश्रमिक बुझेका छन्। ११ औ पटकको आइपिएलमा धोनी २ सिजन राइजिङ्ग पुने सुपरजाइन्टबाट खेलेका थिए। धोनीको पहिलो सिजनको पारिश्रमिक ६ करोड थियो भने अहिले चेन्नई सुपर किंग्सले उनलाई १५ करोड रुपैयामा रिटेन गरेको छ। 

त्यस्तै सय करोड कमाई गर्ने अर्का खेलाडी हुन् मुम्बईका कप्तान रोहित शर्मा। रोहितले ११औ सिजनसम्म कुल १०१.६ करोड पारिश्रमिक बुझेका छन्। रोहितले डेकन चार्जरबाट आइपिएल क्यारियर सुरु गरेका थिए भने सन् २०११ मा मुम्बई इण्डियन्समा आएका थिए। रोहितले पहिलो सिजनमा ३ करोड पारिश्रमिकबाट खेल्न सुरु गरेका थिए भने अहिले मुम्बईले उनलाई १५ करोडमा रिटेन गरेको छ।      

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै