• २०८१ बैशाख १२ बुधबार

शाहरुख खानको 'जिरो' का केहि रोचक तथ्य

kharibot

मुम्बई। बलिवुडका किङ्ग खान शाहरुख खान अभिनित फिल्म 'जिरो' आज रिलिज हुदै छ। पछिल्ला केहि फिल्मले बक्स अफिसमा खासै सफलता हासिल गर्न नसकेपछि शाहरुखको यस फिल्मलाई विशेष रुपमा हेरिएको छ। 

यस फिल्ममा शाहरुख खानसहित अनुष्का शर्मा र कट्रिना कैफको प्रमुख भूमिका रहेको छ। फिल्ममा शाहरुख खान होचो कदका मानिस बउवा सिंहको भूमिकामा रहेका छन्। त्यस्तै अनुष्का शर्माले फिल्ममा हिड्न नसक्ने र व्हिल चेयरमा बस्ने बैज्ञानिकको भूमिकामा रहेकी छन्। त्यस्तै कट्रिना कैफ भने फिल्ममा एक चर्चित हिरोइनको भूमिकामा रहेकी छन्। 

यस फिल्मका केहि रोचक पक्ष रहेका छन्। अभिनेत्री अनुष्का शर्माले फिल्ममा आफ्नो भूमिकाका लागि निकै मिहिनेत गरेकी छन्। सेरिब्रल पल्सि रोगले पिडितको भूमिकाक लागि अनुष्काले एक महिनासम्म आफ्नो घरमा व्हिलचेयरमा बसेर अभ्यास गरेकी थिइन्। त्यस्तै अनुष्काले तीन महिनासम्म एक थेरापिष्टसँग वर्कसप गरेकी थिइन् ताकि यस रोगबाट ग्रसित बिरामी जस्तो देखिने अभिनय फिल्ममा गर्न सकियोस। 

फिल्ममा कट्रिना कैफको भूमिका छोटो रहेको बताइएको छ। फिल्ममा कट्रिना करिब २५ मिनेट मात्र स्क्रिनमा देखिने छन् तर निर्देशक आनन्द एल राय र शाहरुख खानले फिल्ममा उनको भूमिका महत्वपूर्ण रहेको बताएपछि फिल्म साइन गरेको बताइन्छ। 

फिल्ममा अभिनेता अभय देओल र माधवनको पनि विशेष भूमिका रहेको बताइएको छ। आनन्द एल रायको फिल्म तनु वेड्स मनुमा अभिनय गरेका माधवन जिरोमा छोटो भूमिकामा देखिने छन्। त्यस्तै आनन्दको अर्को फिल्म रझाणामा देखिएका अभयपनि यस फिल्ममा छोटो भूमिकामा देखिने छन्। 

यस फिल्मको केहि भागको सुटिंग मुम्बईमा भएको हुनाले शाहरुखले ट्राफिक छल्न आफ्नो घरबाट सुटिंग स्पटसम्म पुग्न हेलिकप्टरबाट आवतजावत गरेका थिए। 

फिल्मको शिर्ष सुरुमा जिरो थिएन। सुरुमा फिल्मको शिर्षक 'कट्रिना मेरी जान' रहेको थियो। पछि फिल्मको नाम जिरो राखियो। शाहरुखले एक अन्तर्वार्तामा फिल्मको शिर्षक जिरो पनि नराखेर हरामी राख्न चाहेको बताएका थिए। किनकी फिल्ममा उनको भूमिका त्यस्तै रहेको उनले बताएका छन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै