• २०८१ बैशाख ८ शनिबार

पूर्वराजा ज्ञानेन्द्र र कमल थापाबीच पोखरामा भेटवार्ता  

kharibot

काठमाडौँ। पुर्वराजा ज्ञानेन्द्र शाह र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाबीच भेटवार्ता भएको छ। हाल पोखरामा रहेका दुवैबीच भेटवार्ता भएको राप्रपा अध्यक्ष थापाले जानकारी दिएका छन्। 

भेटपछि अध्यक्ष थापाले 'पार्टीको प्रशिक्षण कार्यक्रममा भाग लिन पोखरामा आएको बेला पोखरामा नै निजी भ्रमणमा रहिबक्सेका राजा ज्ञानेन्द्रसँग आज बिहान शिष्टाचार भेटगर्ने अवसर प्राप्त भयो।मुलुकको बिग्रदो अवस्थाप्रति राजामा गंभीर चिन्ता रहेको पाएं' भनेका छन्।

दुवैबीच करिब डेढ घण्टा कुराकानी भएको बताइएको छ। राजसंस्था र हिन्दुराज्यको एजेन्डा लिएर आन्दोलनमा जना लागेको राप्रपा अध्यक्ष थापा र पूर्वराजाको यो भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ।   

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै