• २०८१ बैशाख ७ शुक्रबार

मंगल ग्रहमा ५० माइल फराकिलो बरफ भरिएको क्रेटर !

kharibot

युरोपियन स्पेस एजेन्सीको मार्स एक्सप्रेसले पठाएको कोरोलेव क्रेटरको सुन्दर तस्बिर । तस्बिर साभार : डेली मेल

काठमाडौं । रातो ग्रह भनेर चिनिने पृथ्वीको छिमेकी ग्रह मंगलमा ठूलो क्षेत्र ओगटेर रहेको बरफयुक्त क्रेटर फेला परेको वैज्ञानिकहरुले जनाएका छन् । उक्त ग्रहको सतहमा नै रहेको उक्त क्रेटर (ज्वालामुखीको मुख) ५० माइल फराकिलो रहेको छ ।

युरोपेली अन्तरिक्ष संस्था (ईएसए)को मार्स एक्सप्रेसले अविश्वसनीय नयाँ शृंखलाबद्ध तस्बिरहरु पठाएसँगै उक्त विशाल क्रेटरबारे खुलासा भएको हो । उक्त क्रेटरलाई कोरोलेव क्रेटर नामकरण गरिएको छ, जुन ५० माइल अर्थात् ८२ किमि फराकिलो हुने गरी मार्सको उत्तरी गहिराइको सतहमा रहेको छ । यसलाई वैज्ञानिकहरुले अत्यन्त राम्ररी जोगिएर रहेको क्रेटरको संज्ञा दिएका छन् । 

यसमा हिउँको सट्टा बरफ भरिएको छ । वर्षैभर जमेरै रहने अवस्थाको १.८ किमि बाक्लो वाटर आइस क्रेटरको मध्यभागमा रहेको छ । उक्त ग्रहमा ५ सय २८ क्युबिक माइलको ननपोलार (अध्रुवीय) बरफ जोगिएर रहेको पाइएको हो ।

 क्रेटरको किनारातिर तुषारोको रुपमा पातला वाटर आइस रहेको पनि बताइएको छ । यसलाई वैज्ञानिकहरुले कोल्ड ट्रापको नामले चिनिने परिघटनाको परिणाम भनेका छन् । उनीहरुका अनुसार क्रेटरको सीधा तल २ किमि भुइँमुनि थुनिनपर्नुका कारण नै कोल्ड ट्राप हो ।

यस्तो कोल्ड ट्रापले क्रेटरमाथि वहने हावालाई पनि शोषित गर्ने गर्छ भने क्रेटरमाथि बरफको खात बनेर रहँदा त्यसले सुरक्षा कवचको काम गर्छ जसका कारण तल रहेका बरफ सुरक्षित अवस्थामा नपग्लीकन रहनसक्छन् । मंगलमा तापक्रम फैलाउने हावा निकै कमजोर हुँदा क्रेटरलाई स्थायी रुपले नै बरफयुक्त बनाएको छ ।  

यसमा हिउँको सट्टा बरफ भरिएको छ । वर्षैभर जमेरै रहने अवस्थाको १.८ किमि बाक्लो वाटर आइस क्रेटरको मध्यभागमा रहेको छ ।

उक्त तस्बिर मार्स एक्सप्रेस हाइ रिजोलुसन स्टेरियो क्यामरा (एचआरएससी)ले लिएको हो । उक्त क्रेटरको नामकरणचाहिँ स्पेसक्राफ्ट इन्जिनियर सर्जेइ कोरोलेवको नामबाट गरिएकशोम हो । सोभियत स्पेस टेक्नोलजीका पिताका रुपमा पनि उनलाई चिन्ने गरिन्छ ।

रुसको स्पुतनिक कार्यक्रममा पनि उनले काम गरेका थिए । सोही बेला पहिलोपटक सन् १९५७ मा पृथ्वीको अर्बिटमा कृत्रिम स्याटेलाइट प्रक्षेपण गरिएको थियो । त्यसलाई पछ्याउँदै भोष्टोक एण्ड भोक्शोड कार्यक्रमअन्तर्गत पहिलो अन्तरिक्ष यात्री युरी गागरिनलाई सन् १९६१ मा अन्तरिक्षमा पठाइएको थियो । 

मंगलको उक्त क्षेत्रबारे ईएसएको एक्सोमार्स कार्यक्रम सञ्चालन हुने तयारी छ जसले उक्त क्षेत्रमा कुनै पनि जीवन रहेको बारे तथ्य पत्ता लगाउनेछ । त्यस्तै द कलर एण्ड स्टेरियो सर्फेस इमेजिंग सिष्टम (क्यासिस) इन्स्ट्रुमेन्टले पनि एक्सो मार्स ट्रेस ग्यास अर्बिटरद्वारा २०१८ अप्रिल २८ देखि उक्त ग्रहमा काम थालेको छ । जसले क्रेटरको सुन्दर दृश्य पृथ्वीमा पठाएको थियो ।  

क्यासिसले ४० किमि लामो क्रेटरको उत्तरी किनारासम्मको दृश्य कैद गरेको थियो जसले यसको आकार, संरचना र चम्किलो बरफयुक्त भाग देखाएको थियो ।
वैज्ञानिकहरुले कोरोलेव क्रेटरको तीनवटा तस्बिरलाई एकीकृत गरेका थिए । जुन ४०० किमि उचाइबाट अप्रिल १५ मा खिचिएको थियो । उक्त क्यामरा २० मार्चदेखि सक्रिय भएको बताइएको छ । 

  • नोट : यो समाचार बिहीबार डेल मेल अनलाइनमा प्रकाशित समाचारमा आधारित भएर तयार पारिएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै