• २०८१ बैशाख १२ बुधबार

क्रिकेटर सागर पुनको शल्यक्रिया, ६-७ महिना मैदान बाहिर 

kharibot

काठमाडौँ। क्रिकेटर सागर पुनको खुट्टामा चोट लागेपछि शल्यक्रिया गरिएको छ ।

काठमाडौंमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) का दौरान उनको दाहिने खुट्टाको एंकलमा चोट लागेको थियो । जसका कारण उनको शल्यक्रिया गरिएको छ । सागरको दाहिने खुट्टामा सल्यक्रिया पछि प्लास्टर लगाइएको छ । 

शल्यक्रियाका कारण सागरको चोट निको ६ देखि ७ महिना लाग्ने बताइएको छ भने सो अवधि भर  मैदान बाहिर हुने भएका छन् ।

अलराउन्डर सागरले काठमाडौं किंग्सबाट एभेरेष्ट प्रिमियर लिग खेलेका थिए । सागर दोस्रो क्वालिफायरमा भैरहवा ग्लाडियटर्ससँगको खेलमा घाइते भएका थिए भने काठमाडौँले सो खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएको थियो। 

इपिएलको यस सिजनमा सागरले ६ खेलमा १०९ रन  बनाएका थिए भने केवल विकेट लिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै