वीरगन्ज महानगरमा कांग्रेसको अग्रता कायमै, अहिलेसम्म १६ हजार मत गनियो 

खरीबोट
ad

वीरगन्ज । वीरगञ्ज महानगरपालिकामा अहिलेसम्म १६ हजार ३ सय १४ मत गणना भएको छ । वीरगन्ज महानगरपालिकाको पछिल्लो मत परिणामअनुसार कांग्रेस अगाडी रहेको छ । वीरगन्ज महानगरपालिकामा राजपा र कांग्रेसबीच कडा प्रतिष्पर्धा देखिएको छ । 

पछिल्लो परिणाम अनुसार कांग्रेसका अजयकुमार द्विवेदीले ३४१४ मत ल्याएर अगाडी आएका छन् ।  राजपाका मेयर पदका उम्मेदवार राजेशमान सिंहले ३२०६ मत ल्याएर पछाडी परेका छन् ।

त्यस्तै संघीय समाजवादी फोरमका विजयी सरागवीले २८४४ मत ल्याएका छन् । त्यस्तै माओवादीका उम्मेदवार रह्बर अन्सारीले २१२६, एमालेका उम्मेदवार बशरुद्दीन अन्सारीले १७४७ मत ल्याएका छन् भने लोकतान्त्रिक फोरमका मेयर उम्मेदवार बिमल श्रीवास्तवले ७८८ मत ल्याएका छन् ।

त्यस्तै उपमेयरमा भने कांग्रेसकी उम्मेदवार शान्ति कार्कीले ४००० मत ल्याएर अगाडी रहेकी छन् भने राजपाकी उम्मेदवार रम्भा मिश्राले २८१० मत ल्याएकी छन् । 

त्यस्तै संघीय समाजवादी फोरमकी पिंकी यादवले २७७६ मत ल्याएकी छन् भने एमालेकी सोफिया आचार्यले २११६ मत ल्याएकी छन् । त्यस्तै माओवादी केन्द्रकी दुर्गा क्षेत्रीले १४९७ र फोरम लोकतान्त्रिककी उम्मेदवार अनिता देवी यादवले ६३८ मत ल्याएकी छन् । 
 

सम्बन्धित समाचार

वृद्धि गरेको कर फिर्ता लिने वीरगञ्ज महानगरपालिकाको निर्णय

पर्सा। वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०७५-७६ का लागि निर्धारण गरेको करको नयाँ दरलाई फिर्ता लिने निर्णय गरेको छ ।  वृद्धि गरिएको करको नयाँ दरको चौतर्फी विरोध भएपछि महानगरपालिकाले त्यसलाई फिर्ता लिने

वीरगञ्ज महानगरपालिकामा शौचालयको अभावमा पाँच वटा वडा दिसामुक्त क्षेत्र घोषणा भएन

वीरगञ्ज । प्रदेश नं २ को एकमात्र वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र रहेका चार हजार २२० घरधुरीले आफ्नो घरमा शौचालय बनाउन नसक्दा पाँच वटा वडा दिसामुक्त क्षेत्र घोषणा हुन सकेका छैनन् ।  वीरगञ्ज महानगरपालिकामा

वीरगञ्ज महानगरपालिकाको आधादर्जन वडा डुबानमा

पर्सा /  दुई दिनदेखि लगातार परेको वर्षाका कारण वीरगञ्ज नगरपालिकाको आधादर्जन वडा डुबानमा परेका छन् ।  महानगरपालिकाले समयमै नालीको सरसफाइ नगराएको र लगातार परेको वर्षाको पानी नाली बाहिरै रुमल्लिदा श्रीपुर, मुर्ली, नगवा,

वीरगञ्ज महानगरपालिका कार्यालयमा बम फेला

वीरगञ्ज  ।  वीरगञ्ज महानगरपालिका कार्यालय तथा नारायणी यातायात व्यवस्था कार्यालय परिसरमा आज बम फेला परेको छ ।  महानगर प्रमखु विजय सरावगीको कार्यकक्षभन्दा बाहिर रहेको भर्याङ छेउ तथा यातायात कार्यालय परिसरमा रातो कपडाले