• २०८१ बैशाख १३ बिहीबार

इपिएल फाइनल : ललितपुरद्वारा भैरहवालाई १५६ रनको चुनौती  

kharibot

काठमाडौँ। एभरेष्ट प्रिमियर लिग (इपिएल) को फाइनल खेलमा ललितपुर प्याट्रीयटसले भैरहवा ग्लाडियटर्सलाई १५६ रनको लक्ष्य दिएको छ। 

टस हारेर पहिला ब्याटिंग गरेको लालितपुरले १९.१ ओभरमा सबै विकेट गुमाउदै १५५ रन बनाएको हो । 

ललितपुरले राम्रो सुरुवात गर्दै लागि ४१ रनको साझेदारी गरेको थियो। ललितपुरका लागि भारतीय खेलाडी गौरव तोमार २३ रनको निजी रनमा आउट भएका थिए। 

ललितपुरका भारतीय खेलाडी जयकिसन कोलसावालाले उत्कृष्ट ब्याटिंग गर्दै ५७ रन बनाएका थिए। कोलसवालाले ५१ बल खेल्दै ३ छक्का र ३ चौकाको मद्धतले ५७ रन बनाएका थिए। 

तोमार आउट भएपछि कप्तान ज्ञानेन्द्र मल्ल १० रन बनाएर आउट भएका थिए। त्यसपछि आएका पवन सराफ दुर्भाग्यपूर्ण रुपमा ५ रन बनाएर बलर अविनाश बोहोराबाट रन आउट भएका थिए।

त्यसपछि क्रिजमा आएका सन्दीप जोराले केहि उत्कृष्ट शट खेल्दै ११ बलमा २४ रन बनाएर आउट भएका थिए। सन्दीपले २ छक्का र एक चौका हानेका थिए। 

भारतीय बलर सन्नी पटेल भने केवल एक रन बनाएर आउट भएका थिए। ललितपुरका लागि कुशल भुर्तेलले ११ रन, सोनु तामांगले २ रन र रसिद खान शुन्यमा आउट भएका थिए । 

त्यस्तै भैरहवाका बलर कृष्ण कार्कीले सर्वाधिक ३ विकेट लिएका थिए। कृष्णले कोलसवाला, पटेल र भुर्तेलको विकेट लिएका थिए। त्यस्तै मोहमद नावीद र रायन टेन डोएसचेटले २-२ विकेट लिएका थिए भने शरद भेस्वाकर, भुवन कार्कीले एक एक विकेट लिएका थिए। 

भैरहवाले अब केहीबेरमै जवाफी ब्याटिंग गर्दै छ। 
    

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै