बाराको आदर्शकोतवालको मत गणना अन्योल

खरीबोट
ad

बारा । बुधबार बेलुकी ५ बजे देखी स्थगित गरिएको बाराको आदर्शकोतवाल गाउँपालीकाको पनि मतगणना सुचारु गर्नका लागी बसेको सर्वदलिय बैठक बिना निष्कर्ष टुँङ्गिएको छ । 

जिल्लाका प्रमुख जिल्ला अधिकारी बिजय नारायण मानन्धरले विहिवार दलहरुलाई मिलाएर पुन : गणना सुचारु गराउँन खोजेपनि दलहरुको द्धन्दले समस्या नसुल्झिएको हो । 

आदर्शकोतवालमा मतगणनामा बसेका निर्वाचन आयोगका कर्मचारीले गरेको गणना र दलका प्रतिनिधिको गणना नमिले पछि बिवाद उत्पन्न भएको थियो । नेपाली काँग्रेले पुन सुरु देखी नैं मत गणना गर्नु पर्ने माग गरिरहको छ, भने अन्य दलहरुले सोही बाँकी वडाहरुबाट सुचारु गर्नू पर्ने आवाज उठाईरहेको छ । दलहरु बिच कुरा नमिले पछि बैठक निष्कर्ष बिहिन बनेको हो ।

जिल्लाबाट समस्या समाधार हुन नसकेपछि निर्वाचन अधिकृत मोहन सुबेदीले निर्वाचन आयोगमा समस्या बारे जानकारी गराउने र आयोगकै निर्देशन अनुसार पुन: गणना हुने वा सुचारु हुने भन्न सकिने बताए ।

८ वटा वडा मध्ये ४ वडाको टुँगोलागेपछि स्थगित भएको गणना बाँकी हुँदा गणना रोकिएको हो ।

सम्बन्धित समाचार

बारा खाना तथा दशैं महोत्सव असोजमा हुने

बारा। होटल तथा पर्यटन व्यवसायी संघ बाराले दोश्रो खाना तथा दशैं महोत्सव २०७५ गर्ने भएको छ । नेपालीहरुको महान् पर्व बडा दशैं तथा शुभ–दिपावलीको अवसर पारेर संघले यस बर्ष पनि

बारामा भव्यताका साथ सुरु भयो गणेश चतुर्थी

बारा। तीज तथा गणेश चतुर्थीको शुभ अवसरमा बाराको विभिन्न स्थानमा विहिवार देखि भव्य गणेश चतुर्थी महोत्सवको आयोजना गरिएको छ । जिल्लाको जीतपुर , परवानीपुरमा भव्यताका साथ श्री गणेश चतुर्थीको अवसरमा

बारामा दलितलाई मन्दिर प्रवेशमा रोकको विरोध

बारा । नेपालको संविधानको धारा २४ ले जातीय छुवाछूतलाई निषेध गरेको भएपनि दलितलाई मन्दिरमा प्रवेश गर्न रोक लगाउने काम बारा जिल्लामा यथावत् रहेको छ । संविधानको यस धाराले कुनै पनि व्यक्तिलाई

श्रीकृष्णजन्माष्टमीसँगै बारामा तीजको लहर !

बारा - तीजको लहर आयो बरी लै ! तीजको लहर आयो बरी लै !! हंङ्खङ्गको साडीले नेपालको धुलो उडायो ! छम छम छम !! यस्ता यस्तै तीज गीतको गुन्जनसँगै आइतबार मध्यतराईका विभिन्न जिल्लामा