• २०८१ बैशाख ८ शनिबार

इपिएलमा विदेशी खेलाडीको दबदबा, कसले कस्तो प्रदर्शन गरे ?

kharibot

काठमाडौँ। गत डिसेम्बर ८ देखि सुरु भएको एभरेष्ट प्रिमियर लिग सकिएको छ। इपिएलको नयाँ च्याम्पियन ललितपुर प्याट्रीयटस बनेको छ। गत बर्षको च्याम्पियन विराटनगर वारियार्स प्लेअफमा पुग्न नसकी बाहिरएपछि इपिएलको नयाँ च्याम्पियन ललितपुर प्याट्रीयटस बनेको हो। 

समग्रमा यस इपिएलमा विदेशी खेलाडीको दबदबा देखियो। बिदेशी खेलाडीमा खास गरि भारतका खेलाडीको प्रदर्शन समग्रमा उत्कृष्ट देखियो। ललितपुरबाट खेल्ने सन्नी पटेल, गौरव तोमार, जयकिसन कोलसवाला, भैरहवाबाट खेल्ने रवि इन्दर सिंह र काठमाडौँबाट खेलेका प्रदीप साहुको प्रदर्शन उत्कृष्ट रह्यो। त्यस्तै भैरहवाबाट खेलेका नेदरल्याण्डका रायन टेन डेओसचेट, काठमाडौँबाट खेलेका आयरल्याण्डका केभिन ओ ब्रायनको प्रदर्शन उत्कृष्ट देखियो। 

प्रतियोगितामा भैरहवाका रवि इन्दर सिंहले ८ खेलमा ३३७ रन बनाउदै प्रतियोगितामा सर्वाधिक रन बनाए। सिंहले प्रतियोगिताको एक मात्र शतकीय इनिङ्ग समेत खेलेका थिए। सिंह २ पटक नट आउट हुदै यस इपिएलमा ६१ रनको औसतले रन बनाएका छन्। 

त्यस्तै नेपाली खेलाडी दिपेन्द्र सिंह ऐरीले चितवन टाइगर्सबाट खेल्दै २३१ रन बनाए। दिपेन्द्र धेरै रन बनाउने नेपाली खेलाडी पनि बने। प्रतियोगितामा दिपेन्द्रले २ अर्धशतक बनाएका थिए।

त्यस्तै ललितपुरबाट खेलेका गौरव तोमारले ७ खेलमा २२९ रन बनाए। तोमारले पनि दुई अर्धशतक बनाएका थिए। 

त्यस्तै बलिङ्ग तर्फ भैरहवाबाट खेलेका युएइका बलर मोहमद नावीदले सर्वाधिक १२ विकेट लिए। नाविदले ६ खेलमा १२ विकेट लिएका हुन्। त्यस्तै ललितपुरका पवन सराफले प्रतियोगितामा ११ विकेट लिदै धेरै विकेट लिने बलरको सुचीमा दोस्रो स्थानमा रहे। पवनले ७ खेलमा ६३ रन समेत बनाए। 

त्यस्तै त्यस्तै काठमाडौँका प्रदीप साहु, ललितपुरका सन्नी पटेल र चितवनका ललित भण्डारीले संयुक्त रुपमा १०-१० विकेट लिए। त्यस्तै ललितपुरका काठमाडौँका केभिन ओ ब्रायनले ९ विकेट लिए । 

प्रतियोगितामा आएका चर्चित खेलाडी आयरल्याण्ड केभिन ओ ब्रायन र नेदरल्याण्डका रायन टेन डेओसचेटले अलराउन्ड प्रदर्शन गरेका थिए। केभिनले उत्कृष्ट बलिङ्ग गर्दै ९९ विकेट लिए भने ७ खेलमा ३ पटक नट आउट रहदै १८४ रन समेत बनाएका थिए। त्यस्तै रायनले ८ खेलमा १६५ रन बनाए भने ८ खेलमा ८ विकेट समेत लिएका थिए। 
     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै