• २०८१ बैशाख ७ शुक्रबार

रियल म्याड्रिडले जित्यो क्लब विश्वकपको उपाधि, बार्सिलोनाको रेकर्ड तोड्यो 

kharibot

काठमाडौँ। स्पेनिस क्लब रियल म्याड्रिडले यस बर्षको फिफा क्लब विश्वकप जितेको छ।

गएराती युएइमा भएको क्लब विश्वकपको फाइनलखेलमा अल एन क्लबलाई ४-१ गोल अन्तरले पराजित गर्दै फिफा क्लब विश्वकपको उपाधि जितेको हो। रियल म्याड्रिडले क्लब विश्वकपको उपाधि लगातार तेस्रो पटक जितेको छ। 

रियलको जितमा यस बर्षका फिफा बर्ष खेलाडी तथा बेलुन डो अर विजेता लुका मोड्रीचले खेलको पहिलो गोल गरेका थिए। त्यस्तै मार्कोस लिओरेंटे र सर्जियो रामोसले एक एक गोल गरेका थिए भने एक गोल अल एनका खेलाडी यहिया नादरले आत्मघाती गोल गरेका थिए। त्यस्तै अल एनका लागि एक गोल भने सुकासा शिओटानीले फर्काएका थिए। 

यसका साथै रियलका अन्तरिम प्रशिक्षक सान्टियागो सोलारीले रियललाई पहिलो उपाधि जिताएका छन्। 

रियलले सन् २०१४, २०१६, २०१७ र २०१८ मा गरि ४ पटक फिफा क्लब विश्वकपको उपाधि जित्दै बार्सिलोनाको ३ पटक जितेको रेकर्डलाई उछिनेको छ। बार्सिलोनाले सन् २००९, २०११ र २०१५ मा गरि ३ पटक फिफा कल्ब विश्वकप जितेको छ। 

साथै रियल म्याड्रिडका कप्तान सर्जियो रामोस क्लब विश्वकपको फरक फरक खेलको फाइनलमा गोल गर्ने तेस्रो खेलाडी बनेका छन्। यसअघि रोनाल्डो र मेसीले क्लब विश्वकपको फाइनलमा गोल गरेका थिए।   

ला लिगामा शिर्ष स्थानमा रहेको बार्सिलोना भन्दा ८ अंकले पछाडी रहेको रियल बार्सिलोनाभन्दा एक खेल कम खेलेको छ।  रियलले अब जनवरी ३ मा ल लिगा अन्तर्गत भिल्ला रियलसँग खेल्ने छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै