• २०८१ बैशाख ७ शुक्रबार

उत्तर कोरियामाथि अमेरिकाले थप प्रतिबन्ध लगायो 

kharibot

वाशिंगटन । अमेरिकाले उत्तर कोरिअमा थप प्रतिबन्ध लगाएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप प्रतिबन्ध लगाउने आदेश जारी गरेका हुन् । राष्ट्रपति ट्रम्पको यो नयाँ आदेशबाट अमेरिकी अधिकारीहरुलाई उत्तर कोरियासँग व्यापरिक सम्बन्ध भएका कम्पनिहरुलाई कारवाही गर्ने अधिकार प्राप्त भएको छ ।

साथै आदेश जारी गर्दै राष्ट्रपति ट्रम्पले चिनियाँ केन्द्रिय बैंकले अन्य चिनियाँ बैंकहरुलाई उत्तर कोरियासँग कारोबार रोक्न भनेको बताएका छन् । संयुक्त राष्ट्रसंघ देखि दुनियाभरिबाट दबाब बढ्द पनि उत्तर कोरिअले भने आफ्न परमाणु परीक्षण जारी राखेको छ ।

राष्ट्रपति ट्रम्पले उत्तर कोरिअको परमाणु तथा मिसाइल कार्यक्रमको लागि पैसाको स्रोत रोक्न यो कदम उठाएको बताएका छन् ।

गत मंगलबार ट्रम्पले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उत्तर कोरिअले अमेरिकालाई चेतावनी दिइरहे उसलाई ध्वस्त गर्नु बाहेक आफुसँग अन्य विकल्प नहुने बताएका थिए ।

ट्रम्पको सो भाषण पछि उत्तर कोरिअले प्रतिक्रिया दिदै ट्रम्पको भाषण कुकुर भुके जस्तो रहेको बताएको थियो ।

उत्तर कोरिअका विदेशमन्त्री री योंग होले सुक्रबार संयुक्त राष्ट्रसंघमा भाषण दिदै छन् ।  
 

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै