• २०८१ बैशाख ८ शनिबार

राप्रपाले प्रवासमा पृथ्वी जयन्ती तथा एकता दिवस भव्य रूपमा मनाउने 

kharibot

काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रवास संगठनहरूले राष्ट्र निर्माता पृथ्वीनारायण शाहकाे २९७ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस भव्यताका साथ मनाउने भएका छन्। 

यसको लागि विभिन्न देशहरूमा समिति गठन भईसकेको र राप्रपाका नेताहरू, महामहिम राजदुतहरू, नियाेगका प्रमुखहरू, एनआरएनका पदाधिकारीहरूकाे विशेष आतिथ्यतामा कार्यक्रमहरू सम्पन्न हुन गईरहेका राप्रपा प्रवास बिभाग प्रमुख विजय खड्काले जानकारी दिएका छन्। 

कार्यक्रम अनुसार हङकङमा हुने कार्यक्रमकाे प्रमुख आतिथ्यता राप्रपा संगठन विभाग प्रमुख राजेन्द्र लिङदेनले गर्ने छन्। कार्यक्रममा प्रवास विभाग सदस्य  हिक्मत जंग कार्की अतिथि हुने छन्। त्यस्तै जापानमा महामहिम राजदुतकाे प्रमुख आतिथ्यतामा पार्टीका केन्द्रीय सदस्य कलेन्द्र विक्रम शाही,रघुदिप खडका,अतिथि हुने छन्। 

त्यस्तै अमेरिकाकाे न्युयोर्कमा हुने कार्यक्रममा राप्रपा सहायक महामन्त्री प्रेम श्रेष्ठ प्रमुख अतिथि हुने छन्। साे कार्यक्रममा कुटनैतिक नियाेग प्रमुख,एनआरएनका प्रतिनिधि तथा राप्रपाका नेताहरूकाे विशेष उपस्थिति रहनेछ। त्यस्तै बेल्जियममा हुने कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रवास युराेप प्रमुख सुरेन्द्रमान अमात्यले प्रमुख आतिथ्यता गर्ने छन्। साे कार्यक्रममा एनआरएनका नेतृत्व तथा पार्टीका अन्य प्रवासी नेताहरूकाे विशेष उपस्थिति रहने भएको छ। त्यस्तै पाेर्चुगलकाे लिज्वनमा एनआरएनसँगको सहकार्यमा कार्यक्रम मनाईने भएको छ। त्याँहाकाे नेतृत्व प्रवासी नेताहरू रमेशराज वास्ताेला,गाैरव न्याैपाने लगायतले गर्ने छन्। 

त्यस्तै युएईमा आमन्त्रित केन्द्रीय सदस्य शशी सिलवाल प्रवास मध्यपुर्व प्रमुख ताेयनाथ लम्सालकाे विशेष उपस्थितिमा कार्यक्रम आयाेजना हुने भएको छ। त्यसैगरि मलेसियामा केन्द्रीय सदस्य याेगेन्द्र कुँवरकाे विशेष आतिथ्यतामा कार्यक्रम हुने छ भने काेरियामा हुने एकता दिवस समाराेह र प्रवासी नेपाली एकता समाज काेरियाकाे अधिवेशनका प्रमुख आतिथ्यता राप्रपा केन्द्रीय सदस्य तथा प्रवास विभाग प्रमुख विजय खडकाले गर्ने भएका छन्। 

यसैगरि भारत,अष्ट्रेलिया,क्यानाडा, आयरलैण्ड,स्कटल्याण्ड,युके,जर्मनी,नेदरल्यान्ड,स्विडेन लगायतका मुलुकमा पनि पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस भव्य रूपमा मनाईने राप्रपा प्रवास बिभागले जानकारी दिएको छ। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै