• २०८१ बैशाख ११ मंगलबार

सिमरा मालपोतमा अनलाइन सेवा सुरु

kharibot

बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले मालपोत कार्यालय सिमरामा सोमबारदेखि अनलाइनमार्फत सेवा दिन सुरु गरेको छ । 

मालपोत कार्यालयमा आयोजित एक कार्यक्रमका बीच भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक गोकर्णमणि दवाडीले अनलाइन सेवाको उद्घाटन गरेका हुन् । देशै भरमा रहेको एक सय ३१ मध्ये ४६औं स्थानमा अनलाइनसेवाको उद्घाटन गर्दै विभागका महानिर्देशक दवाडीले देशै भरीका सबै मालपोतले दिने सेवालाई सरलीकरण गर्ने उद्देश्यसहित यो सेवा सुरु गरेको बताए । 

उनले हाम्रो मुख्य सम्पत्ति भनेकै घर जग्गा भएको बताउँदै यसको रक्षा गर्ने कार्यालयहरुको काममा एक रुपता ल्याई एउटै पद्दत्तीबाट सेवा दिन अनलाईन प्रविधिले सहयोग पुग्ने कुरामा जोड दिए । विभागका महानिर्देशक दबाडीले मालपोत कार्यालयमा ५० प्रतिशत कर्मचारी अभाव रहेकोले केही समयभित्रै यस समस्याको समाधान गरी छिटो र छरितो तरिकाले जनतालाई सेवा दिन विभाग प्रयासरत रहेको बताए । 

उनले हस्तलिखित प्रक्रियाबाट अनलाइन प्रक्रियामा जान कर्मचारीहरुलाई केही समय लाग्ने भएकोले केही दिन सेवा दिने गति कम हुने बताउँदै पछि त्यो गति विस्तारै बढ्दै जाने उल्लेख गरे । कार्यक्रममा भुमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक रामदत्त भट्ट, मालपोत कार्यालय सिमरा बाराका प्रमुख मदन प्रसाद गुप्ता लगायतले मन्तव्य राखेका थिए ।

सोही कार्यक्रममै जीतपरसिमरा उपमहानगरपालिका १० साविक छातापिपरा गाविस ५ बस्ने साहुदुल चौधरीलाई कार्यक्रमका प्रमुख अतिथि बनेका विभागका महानिर्देशक दबाडी लगायत जीतपुरसिमरा उपमहानगरपालिकाका नगरप्रमुख डा.कृष्ण पौडेलले कम्प्युटराईज लालपुर्जा प्रदान गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै