• २०८१ बैशाख १२ बुधबार

मेलम्ची निर्माण कम्पनीप्रति विश्वासको वातावरण छैन - खानेपानीमन्त्री बीना मगर

kharibot

काठमाडौं। खानेपानी तथा सरसफाइमन्त्री बीना मगरले मेलम्ची आयोजनाको बाँकी काम अघि बढाउन ठेकेदार कम्पनी सीएमसी दि रेभेनासँग कुनै दुविधा नभए पनि कम्पनीप्रति विश्वास गर्ने वातावरण नरहेको बताएकी छन् ।    

खानेपानी तथा सरसफाइको क्षेत्रमा क्रियाशील पत्रकारहरुको संस्था वास मिडिया फोरमले आयोजना गरेको ‘सङ्घीयतामा खानेपानी तथा सरसफाइ र गन्तव्यः दिगो विकास लक्ष्य’ विषयक अन्तरक्रियामा उहाँले ठेकेदार कम्पनीसँग सरकारले विश्वास गर्ने आधार तयार भएमात्र काम अघि बढ्ने जानाकारी गराईन । 

ठेकेदार कम्पनीसँग काम गर्न सरकारले विश्वासको आधार खोजिरहेको उल्लेख गर्दै उनले समस्या समाधानका लागि मन्त्रालयले उच्चस्तरमा पहल गरिरहेको जानकारी दिईन । मन्त्री मगरले मुखैमा आइसकेको आयोजनाको बाँकी काम सम्पन्न गर्न सरकार संवेदनशील भएर लागेको बताईन । 

कार्यक्रममा उहाँले खानेपानीको पहुँचभन्दा बाहिर रहेका जनताका लागि मन्त्रालयले नयाँ योजना समेटेर योजना बुक तयार गरेको जानकारी दिईन । घण्टौँ घण्टासम्म पानीका लागि हिँड्नुपर्ने समस्याको हल गर्न थप योजना ल्याउन लागिएको उनले बताईन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै