• २०८१ बैशाख ६ बिहीबार

प्रधानमन्त्री ओली र राजपा नेताहरुबीच भेटवार्ता 

kharibot

फाइल तस्बीर

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरुबीच छलफल भएको छ। भेटवार्तामा राजपाले उठाएका माग पूरा गर्न सात दिनको समय मागेको राजपाका नेताहरुले बताएका छन्। 

राजपा अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोसहितको टोलीसँग सोमबार बालुवाटारमा भएको वार्तामा प्रधानमन्त्री ओलीले राजपाका माग पूरा गर्ने भन्दाभन्दै पनि नसकिएको बताए।

राजपाका नेताहरुले सांसद निर्वाचित रेशम चौधरीको सपथ, आन्दोलनकारीमाथि लागेका मुद्दा, बन्दीहरूको रिहाइका विषयमा सरकारको धारणा मागेको बताएका छन्। राजपा नेताहरुलाई प्रधानमन्त्रीले सात दिनको समय मागेको बताइएको छ। 

यसअघि  राजपाले आफ्ना मागहरू पूरा नगरेको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिँदै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै