• २०८१ बैशाख १४ शुक्रबार

नेपालले युएईसँग माघमा एकदिवसीय र टी-२० सिरिज खेल्ने 

kharibot

फाइल तस्बीर

काठमाडौँ। नेपालले दोस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता युएईसँग खेल्ने भएको छ । 

नेपालले युएईसँग तीन एक दिवसीय र तीन टी–२० प्रतियोगिता खेल्ने तय भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)का नेपाल प्रतिनिधि तथा क्यानका पूर्वप्रमुख कार्यकारी भावना घिमिरेले सिरिज आगामी माघ ९ देखि २१ गते (जनवरी २३ देखि फेब्रुअरी ४ ) सम्म हुने गरी तयारी भइरहेको बताएकी छन् । “आइसिसीले खेलतालिका सार्वजनिक गर्न बाँकी छ तर आगामी माघ ९ देखि २१ गतेसम्म प्रतियोगिता गर्ने निश्चित भइसक्यो”, उनले भनिन् । 

युएईमा हुने सिरिजमा नेपालले एकदिवसीय  र टी-२० खेल गरी ३-३ खेलसहित कूल ६ खेल खेल्ने भएको छ।

नेपाल र युएईबीचको सिरिजकै कारण धनगढीमा आयोजना हुने तेस्रो संस्कारण धनगढी प्रिमियर लिग प्रतियोगितासमेत एक साता पर सारिएको छ । 

गत मार्चमा जिम्बावेमा भएको वानडे वर्ल्ड कप क्वालिफायरमा उत्कृष्ट तीन एसोसिएट बन्दै नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाएको थियो। त्यसपछि नेपालले खेल्न लागेको यो दोस्रो एकदिवसीय सिरिज हो।

गत अगष्टमा नेदरल्याण्ड्ससँग पहिलो एकदिवसीय सिरिज खेलेको नेपालले युएईविरुद्ध दोस्रो पटक एकदिवसीय खेल खेल्न लागेको हो। युएईविरुद्ध यो पहिलो सिरिज भएपनि नेपालले एसिया कप छनोटमा युएईविरुद्ध एकदिवसीय खेल खेलिसकेको हो। दुवै टिम एकदिवसीय मान्यता प्राप्त भएकाले नेपाल र युएईबीचको खेलले एकदिवसीय मान्यता पाएको थियो।

नेपालले अहिलेसम्म तीन एकदिवसीय खेल खेल्दा एक खेल मात्र जितेको छ भने दुईमा हार बेहोरेको छ।

यस्तै एकदिवसीय मान्यता पाएपछि नेपालले नदरल्याण्ड्ससँग इंग्ल्याण्ड्को लर्ड्समा खेलेको टी-२० इन्टरनेशनल खेल भने वर्षाले प्रभावित भएपनि नतिजा विहिन बनेको थियो।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै