• २०८१ बैशाख ८ शनिबार

चीनमा आइफोन बहिष्कार गरी हुवावेको फोन किन्न कर्मचारीमाथि दबाब

kharibot

चीन । अमेरिका तथा अन्य केही मुलुकमा दबाब खेपिरहेको हुवावेलाई चिनियाँ कम्पनीहरुले समर्थन गरिरहेका छन् । चिनियाँ कम्पनीहरुले आफ्ना कर्मचारीलाई आइफोन खरीद नगरी हुवावेको फोन खरीद गरे धेरै छुट दिने घोषणा गरेका छन् । 

निक्केई एशियन रिभ्युको मंगलवार प्रकाशित एक प्रतिवेदनका अनुसार चिनियाँ कम्पनीहरुले हुवावेको समर्थनमा यस्तो योजना ल्याएका हुन् । हुवावेकी प्रमुख वित्तीय अधिकारी मेङ वानझाउलाई अमेरिकाको अनुरोधमा क्यानडाले पक्राउ गरेपछि यो योजना ल्याइएको हो । 

कतिपय चिनियाँ व्यापारीले आफ्ना कर्मचारीलाई हुवावेको फोन खरीद गरे कम्पनीबाट नै धेरै छुट मिल्ने बताएका छन् । २० भन्दा धेरै चिनियाँ कम्पनीले सामाजिक सञ्जालमा हुवावेको उत्पादन खरीदमा सहयोग गर्ने घोषणा गरेको उक्त प्रतिवेदनमा उल्लेख छ । केही अन्य चिनियाँ कम्पनीले पनि एप्पलको उत्पादन बहिष्कार गरिरहेको बताइएको छ । 

चिनियाँ सञ्चार माध्यमहरुले सांघाईको एक व्यापार संघले एप्पलको उत्पादन खरीद गर्नेलाई निष्कासन गर्ने धम्की नै दिएको समाचार प्रेषित गरेको छ ।

चीनको एक अदालतले डिसेम्बरमा क्वालकमको समर्थनमा फैसला सुनाउँदै आइफोनका केही मोडलको आयात र विक्रीमा रोक लगाएको थियो । क्वालकमले एप्पललाई उसको पेटेन्ट चोरीको आरोप लगाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै