• २०८१ बैशाख ८ शनिबार

सिभिल बैंक लिमिटेड र सन नेपाल लाइफ इन्स्योरेन्सबीच सम्झौता

kharibot

काठमाडौं । सिभिल बैंक लिमिटेडले जीवन वीमा सेवालाई विस्तार गर्ने उद्देश्यले सन नेपाल लाइफ इन्स्योरेन्ससंग सम्झौता गरेको छ ।

उक्त सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यर सन नेपाल लाइफ इन्स्योरेन्सका तर्फबाट कायम मुकायम प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्यालले हस्ताक्षर गरेक ाछन ।  

अब सन नेपाल लाइफका जीवन वीमा सेवालाई विना झन्झट सिभिल बैंकका देशभर छरिएका ७१ शाखाहरुमार्फत उपलब्ध गरी ग्राहक बर्गलाई प्रत्यक्ष रुपमा लाभान्वित हुने कुरा बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले बताए ।

चालू आर्थिक वर्षको प्रथम चौमासमा (एन.एफ.आर.यस.अनुसार) १८ करोड पचास लाख (जुन पहिलो वर्षको यसै अवधिको तुलनामा ६३.९९% को बृद्धी हो) कमाउन सफल बैंकको कुल शाखा संख्या ७१ रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै