• २०८१ बैशाख १४ शुक्रबार

देशमा सरकार छैन जस्तो भयो -देउवा 

kharibot

काठमाडौँ। संघीय संसदको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले सरकार बनेपछि शान्ति सुरक्षाको स्थिति बिग्रेको भन्दै निर्मला पन्तलाई सरकारले लुकाउन खोजेको आरोप लगाएका छन्। सामान्य मान्छेलाई समातेर सरकारले टर्चर दिएको भन्दै सरकारले न्याय दिन नसकेको बताए।

यो सरकार बन्ना साथ शान्ति सुरक्षा खल्बलिएको भन्दै सरकारले शान्ति सुरक्षा दिने सरकारको भएको भन्दै देशमा सरकार छैन जस्तो भएको बताए। सर्वसाधारण जनतालाई न्याय दिने कुरामा असफल भएको बताए। 

सभापति देउवाले संघियता कार्यान्वयनमा सरकारले काम नगरेको देखिएको बताए। कानुन बनाउने र संघियताको कार्यान्वयनमा सरकारले पहल नगरेको आरोप लगाए । सरकारले डा.गोविन्द केसीसँग सम्झौता गरेर पनि कार्यान्यवन नगरिएको भन्दै सो सम्झौता तुरुन्तै कार्यान्वयन गर्न आग्रह गरे।  द्वन्द पिडितको समस्या समाधान गर्न सरकार उदासिन रहेको भन्दै देउवाले प्रचण्डले समेत शब्द उच्चारण नगरेको बताए। सभापति देउवाले धार्मिक कार्यक्रमको आयोजक सरकार बस्न मिल्छ ? भन्दै विवादस्पद संस्थाको आयोजक सरकार भएको भन्दै सरकारको आलोचना गरे। साथै आफुले सामाजिक सुरक्षा कार्यक्रम आफुले निर्णय गरेको तर प्रधानमन्त्रीले आफुले गरेको भन्दै आफ्नो प्रचार गरेको आरोप लगाए। 

कर्मचारी समायोजनको अध्यादेश ल्याएको भन्दै कर्मचारी ऐन बनिसकेकोअवस्थामा सो ऐनलाई संसोधन गर्नुपर्नेमा कर्मचारीलाई आतंकित बनाउन अध्यादेश ल्याएको आरोप लगाए। तर्साएर कर्मचारीबाट काम लिन नसकिने बताउदै कम्युनिष्ट सरकार नभएको भन्दै स्थायी सरकारलाई सरकारले दुख दिएको बताए।

वाइड बडीमा भ्रष्ट्राचार भएको विषय बाहिर आएकोमा मन्त्री र लेखा परिक्षकको कुरा फरक परेको भन्दै सत्य तथ्य बाहिर आउनुपर्ने बताए। विपक्षीलाई वेवास्ता गरेर सरकार अगाडी बढ्न खोजेको भन्दै विपक्षीलाई वेवास्ता गरेर सरकार अगाडी बढ्न नसक्ने बताए।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै