• २०८१ बैशाख १४ शुक्रबार

दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले दिए राजीनामा 

kharibot

काठमाडौं। नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष दिगम्बर झाले राजीनामा दिएका छन्। उनले बुधबार सञ्चार, सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटालाई राजीनामा बुझाएका हुन्।

भदौ २१ गते बसेको मन्त्रिपरिषदको बैठकले झालाई अध्यक्ष बनाएको थियो। वर्तमान सरकारले नै उनलाई कार्यसम्पादनमा असफल देखिएको भन्दै पदबाट हटाए पनि दोहोर्याएर अध्यक्ष बनाएको थियो। 

झाको नियुक्तीको विषयलाई लिएर सत्तारुढ नेकपाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि कडा आलोचना भएको थियो। 

सत्तारुढ दल नेकपाका ४३ जना केन्द्रीय सदस्यले यहि पुस ७ गते सरकारले गरेको भ्रष्ट र विवादित छबी भएका राजनीतिक नियुक्तिलाई खारेज गर्न माग गरेका थिए ।

जारी स्थायी समिति बैठकमा छलफलको विषय बनाउन माग गर्दै अध्यक्षद्धयलाई सम्बोधन गरी केन्द्रीय सदस्यहरुले सरकारको घोषणा विपरित भ्रष्टहरूलाई राजनीतिक नियुक्ति दिइएको भन्दै तत्काल खारेज गर्न माग गर्दै पार्टी नेतृत्वलाई पत्र समेत दिएका थिए ।

उनीहरुले पत्रमा दिगम्बर झा जस्ता भ्रष्टलाई राजनीतिक नियुक्ति गरेको र सरकारको सिफारिसमा राष्ट्रपतिबाट भ्रष्ट र विवादित ब्यक्तिहरुलाई विभूषित गरेको आरोप लगाएका थिए ।

सरकारले लिएको ‘भ्रष्टाचार विरोधी सुन्य सहनशीलता’ नीति तथा प्रधानमन्त्रीले ‘म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ’ भन्ने घोषणा विपरित नेताहरुले भ्रष्ट र विवादित ब्यक्तिलाई राजनीतिक नियुक्ति गर्दा सरकारको गरीमा र लोकप्रियतामा गम्भीर धक्का पुगेको बताएका छन्।

‘दिगम्बर झा र उनीजस्ता भ्रष्टाचारमा विवादित भएकाहरुलाई यथासिघ्र पदबाट बर्खास्त गर्नका लागि पार्टीको तर्फबाट सरकारलाई आवश्यक निर्देशन दिइयोस् भन्ने समेत विनम्र अनुरोध गर्न चाहन्छौं,’ पत्रमा भनिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै