• २०८१ बैशाख ७ शुक्रबार

सरकारद्वारा ५ देशमा राजदुत राजदुत सिफारिस, तीन देशका फिर्ता बोलाइए 

kharibot

काठमाडौं। सरकारले विभिन्न देशमा रिक्त राजदूत पदमा नियुक्तिको सिफारिस गरेको छ भने दक्षिण कोरिया, बंगालादेश र स्पेनका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। 

यही पुस ६ र ९ सम्पन्न मन्त्रिपरिषद्का बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले जानकारी दिएका हुन्। 

बास्कोटाका अनुसार परराष्ट्र मन्त्रालयका सहसचिव गणेश प्रशाद ढकाललाई थाईल्याण्डका लागि आवासीय राजदूत तथा कम्बोडिया, लाओस, भियतनाम र सिंगापुरका लागि गैरआवासीय राजदूतमा सिफारिस गरेको छ। उनलाई युनेस्क्याप र एआईटीको स्थायी प्रतिनिधि पनि चयन गरिएको छ।

संयुक्त राष्ट्र संघको जेनेभास्थित कार्यालयका लागि स्थायी प्रतिनिधिमा परराष्ट्रका सहसचिव मणिप्रसाद भटराईलाइ सिफारिस गर्ने निर्णय भएको छ। उनलाइ स्वीटजरल्याण्डका लागि गैर आवासीय प्रतिनिधि, विश्व व्यापार संगठन र विश्व स्वास्थ्य संगठनका लागि स्थायी प्रतिनिधिका लागि सिफारिस गरेको हो। त्यस्तै परराष्ट्रकै सहसचिव भृगु ढुंगाना क्यानडाका आवासीय राजदूत र क्युवा र जमैकाका लागि गैर आवासीय राजदूतमा सिफारिस गरिएको छ। ढुँगानालाई  अन्तरराष्ट्रिय हवाई उड्डयन संगठन अईकाओको लागि स्थायी प्रतिनिधि पनि बनाइएको छ।

परराष्ट्रकै सिस्टार महापाल दीपक अधिकारीलाई फ्रान्सका लागि आवासीय र एन्डोरा मोनाको र पोर्चुगलका लागि गैर आवासीय राजदूत चयन गर्ने निर्णय सरकारले गरेको छ। उनी युनेस्कोको स्थायी प्रतिनिधिको लागि पनि सिफारिस गरिएका छन्।

परराष्ट्रकै अर्का सहसचिव दूर्गाप्रसाद भण्डारी कुवेतका लागि आवासीय राजदूतका लागि सिफारिस भएका छन्। उनी इराकका लागि गैर आवासीय र एसिएन कोअपरेसन डाइलगका स्थायी प्रतिनिधिमा पनि सिफारिसमा परेका छन्।

मन्त्री बास्कोटाले यी देशहरुमा हाल हाल कार्यरत राजदूतलाई सम्बन्धित देशबाट नयाँ सिफरिस भएका राजदूतको लागि स्वीकृति पत्र(एग्रिमो) नआएसम्म सोही देशमै कार्यरत रहिरहने पनि निर्णय भएकाे जानकारी दिए।

सरकारले दक्षिण कोरिया, स्पेन र बंगलादेशका लागि नेपाली राजदूतहरु क्रमशः अजुर्नजंगबहादुर सिह, भरतबहादुर रायमाझी र प्रा. डा. चोपलाल भूषाललाई २१ दिनको समय दिएर स्वदेश फिर्ता बोलाएको छ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै