• २०८१ बैशाख ८ शनिबार

 दीपक मनाङेद्वारा गण्डकी प्रदेशसभामा शपथग्रहणको लागि निवेदन 

kharibot

कास्की।  राजीव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेशसभामा शपथग्रहणको लागि निवेदन दिएका छन् । अघिल्लो साता मात्र सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भएका उनले बिहीबार लिखित निवेदन दिएका हुन् । 

गएको वर्ष मंसिर १० गते भएको प्रदेशसभा चुनावमा उनले स्वतन्त्र उम्मेदवारी दिएर मनाङ मनाङ ‘ख’ बाट जितेका थिए । शपथग्रहण गरिपाउँ भन्ने विषयको निवेदन प्रदेशसभा सचिवालयमा दर्ता भएको प्रदेशसभा सचिवालयका उपसचिव नारायणप्रसाद अधिकारीले बताए । निवेदन दर्ता भए पनि बाँकी प्रक्रिया भने कानुनअनुसार नै हुने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए  । 

गण्डकी प्रदेशको प्रदेशसभा नियमावली अनुसार बिनाजानकारी लगातार १० बैठकमा उपस्थित नहुने प्रदेशसभा सदस्यको पद खारेज हुने व्यवस्था छ । तर अहिलेसम्म उनको पद खारेज भएको पनि छैन साथै उनले जितेको स्थानमा उप–चुनाव पनि भएको छैन । 

मनाङे प्रदेशसभा छिर्नुअगावै गएको वैशाखमा ज्यान मार्ने उद्योग अन्तर्गत कारागार चलान भएका थिए । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै