• २०८१ बैशाख १३ बिहीबार

पाकिस्तानका पूर्व राष्ट्रपति जर्दारीलाई विदेश भ्रमणमा प्रतिबन्ध

kharibot

इस्लामाबाद। पाकिस्तानका पूर्व राष्ट्रपति आसिफ अलि जर्दारीलाई देश छाडेर बाहिर जान प्रतिबन्ध लगाइएको छ । भ्रष्टाचारको अभियोग लागेका जर्दारीलाई सरकारले बिहीबार सूचना जारी गर्दै भ्रमणमा प्रतिबन्ध लगाइएको जनाएको हो । 

सूचना मन्त्री फवाड चौधरीले पत्रकारलाई दिएको जानकारी अनुसार मुद्रा अपचलनसम्वन्धी एउटा मुद्दामा जर्दारी, उनकी बहिनी फर्याल तालपुरसहित १७२ जनालाई अनुसन्धान गरिएको छ । 

उनीहरूलाई मुद्रा अपचलनका लागि नक्कली बैंक खाता बनाएको आरोप पनि लागेको समाचारमा जनाइएको छ । “अनुसन्धानको सूचीमा रहेका १७२ जना सवैलाई देश बाहिर जान नपाउनेगरी प्रतिवन्ध लगाइएको छ,” उनले भने । 

पुर्वराष्ट्रपति जर्दारी सन् २००८ देखि २०१३ सम्म पाकिस्तानको राष्ट्रपति भएका थिए । उनी प्रमुख विपक्षी दल पाकिस्तान पिपल्स पार्टीका उपाध्यक्ष पनि हुन् । 

जर्दारीकी श्रीमती र पूर्व प्रधानमन्त्री बेन्जेजिर भुट्टोको हत्या भएको ११औँ बार्षिकी बनाउदै गरेको बेलामा सरकारले यस्तो आदेश दिएको हो । उनीहरूको सन् २००७ को डिसेम्बर २७ तारिखका दिन चुनावी रयालीमा सहभागी भएका बेला आत्मघाती बम हमलामा परी रावलपिण्डीमा हत्या भएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै