• २०८१ बैशाख ८ शनिबार

एएफसी कपमा मनाङ मर्स्याङ्दी क्लबले नेपालको प्रतिनिधित्व गर्ने

kharibot

काठमाडौँ । जारी ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जितेसँगै मनाङ मर्स्याङ्दी क्लबले एशियाली फुटबल महासङ्घ (एएफसी) कप फुटबलमा नेपालको प्रतिनिधित्व गर्ने भएको छ । 

लिग जित्ने टोलीले एएफसीमा सहभागिता जनाउने प्रावधानअनुसार नेपालको प्रतिनिधित्व गर्दै मनाङले उक्त प्रतियोगितामा सहभागिता जनाउने अखिल नेपाल फुटबल सङ्घ एन्फाले जनाएको छ । उक्त प्रतियोगितामा नेपालबाट अघिल्लो पटक थ्रीस्टारले प्रतिस्पर्धा गरेको थियो । 

मनाङले हिजो सङ्कटा क्लबलाई ३–१ ले हराउँदै उपाधि जितेको थियो । दुई खेल अगावै उपाधि जितेको मनाङले लिगमा कीर्तिमानी आठौँ पटक कब्जा समेत जमाएको हो । 

एएफसी कप फुटबलको समूह चरणमा मनाङ समूह ‘इ’ मा रहेको छ । एशियन फुटबल फेडेरेसन एएफसीले गत महीना नै समूह चरणको ‘ड्र’ सार्वजनिक गरेको थियो । 

एएफसीले निकालेको ड्र अनुसार नेपालको ’ए’ डिभिजन लिग विजेता मनाङ समूह ‘इ’ मा परेको हो । यस समूहमा भारत, बङ्गलादेश र प्ले अफबाट आएको एक टोलीले प्रतिस्पर्धा गर्नेछन् । 

भारतबाट भने मिनर्वा पन्जाबले खेल्ने छ । यस्तै बङ्गलादेशबाट ढाका अबाहानीले खेल्नेछ । प्ले अफबाट आउने एक टोलीको भने तय भएको छैन । समूह चरणको खेल आगामी अप्रिलमा युएइमा शुरु हुनेछ । एएफसी कपमा एशियाका हरेक राष्ट्रको शीर्ष डिभिजनको लिग च्याम्पियनले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा २४ राष्ट्रले सहभागी जनाउनेछन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै