• २०८१ बैशाख १२ बुधबार

मानिसलाई मंगलग्रह पुर्याउने यस्तो बन्दै छ एलन मस्कको स्टारशिप 

kharibot

काठमाडौं । स्पेस एक्सका प्रमुख कार्यकारी तथा अमेरिकी अर्बपतिमध्येका एक एलन मस्कले कम्पनीले निर्माण गर्ने स्टेनलेस स्टिल स्टारशिपको प्रोटोटाइपको तस्बिर ट्विटरमार्फत सार्वजनिक गरेका छन् । उनका अनुसार उक्त स्टारशिपले २०१९ को अप्रिलमा परीक्षण उडान भर्न सक्नेछ । 

उनको कम्पनीले अहिले धेरै नै विवादित स्टारशिपको प्रोटोटाइप विकास गरिरहेको छ जसले मंगलग्रहमा मानिस पुर्याउने सपनालाई साकार गर्नेछ । उनले आफ्नो ड्रिम प्रोजेक्टको तस्बिर सामाजिक सञ्जालबाट ट्विट गरेका हुन् । त्यसो त उनलाई मंगलग्रहमा मर्ने चाहना राख्ने व्यक्तिका रुपमा पनि चिन्ने गरिन्छ । त्यस्तै, त्यहाँ बस्ती नै बसाउने वैज्ञानिकको चाहनामा उनी पनि सामेल छन् । 

मस्कले ट्विट गरेको तस्बिरले स्टारशिपको टेस्ट होपरको दुई भाग देखाउँछ । उक्त तस्बिरअनुसार सोचेभन्दा निकै अगाडि नै परीक्षण उडानका लागि स्टारशिप तयार हुने कतिपयको अनुमान छ । उक्त स्टारशिपलाई पहिला बीएफआर अर्थात् बिग फाल्कोन रकेट भनिएको थियो । जसप्रति मस्कको मंगल पुग्नसक्ने ठूलो भरोसा रहेको मानिन्छ । तर अहिले उक्त अनर्गहीय विमानलाई मस्कले स्टारशिपको संज्ञा दिएका छन् । 

तस्बिरमा रकेटको सबैभन्दा माथि रहने स्टेज वा स्पेसशिप वा स्टारशिप देख्न सकिन्छ । यसअनुसार रकेट बुस्टर दायाँ भागमा छ जसलाई सुपर हेभी भनिन्छ । त्यसो त स्पेस एक्सले यसबारे केही विस्तृत खुलासा पनि गरेको थियो ।

उक्त खुलासामा ३ सय ८७ फिट लामो स्टारशिप हुने भनिएको थियो भने मानवरहित परीक्षण उडान २०१९ को अन्त्यतिर हुने भनिएको थियो । अर्को रोचक कुरा त एलेन मस्को स्पेसशिपमा मंगलग्रह पुग्न चाहने व्यक्तिले २ लाख अमेरिकी डलर व्यक्तिगत खर्च व्यहोर्नुपर्ने बताइएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै