• २०८१ बैशाख ८ शनिबार

उद्योगपति किसनलाल दुगडको जन्मोत्सवमा 'द रेनासाँ म्यान' नामक सचित्र आत्मकथा विमोचन

kharibot

काठमाडौँ। औद्योगिक घराना के.एल. दुगड समूहका अध्यक्ष किसनलाल दुगड को ७५ औं जन्मोत्सव पारेर उहा“को सचित्र आत्मकथा समेटिएको “द रेनासाँ म्यान” नामक पुस्तक विमोचन गरिएको छ । उक्त पुस्तक विमोचन भूतपूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गरेका छन् ।

उक्त पुस्तकमा किसनलाल दुगडलाई जस्तोसुकै दुःखद परिस्थितीमा पनि हरेस नखाइ सकारात्मक सोचका साथ निरन्तर अगाडी बढ्ने व्यक्तीको रुपमा चित्रण गरिएको छ । 
 
किसनलाल दुगडको जन्म वि.स. २००० सालमा भएको थियो र उनी १३ वर्षको उमेर बाट नै पढाइको साथ साथै उद्योग व्यवसायलाई पनि अगाडि बढाउन निरन्तर रुपमा लागिरहेका छन् । कृषि प्रधान देश नेपालको विकासमा कृषि सम्बन्धि उद्योगहरु खोलि विस्तार गर्यो भने देश विकासमा सहयोग पु¥याउन सकिन्छ भन्ने सोचाइका साथ उनले कृषि क्षेत्र संग सम्बन्धित खाद्यान्नका धेरै उद्योगहरु जस्तै आंटा, तेल, चामल, मैदा तथा दालका साथै अन्य उद्योगहरु पनि स्थापना गर्दै आइरहेका छन् । आज के.एल. दुगड समुह नेपालकै अग्रणी औद्योगिक व्यवसायिक घरानामा पर्दछ । 

नेपालमै कच्चापदार्थ पाइने उद्योगहरुको स्थापना गर्यो भने देशको विकासमा भरपुर सहयोग पुग्छ भन्ने मान्यता राख्ने के.एल. दुगड समुह पछिल्लो समय सिमेन्ट उद्योग तथा हाइड्रोपावरहरुमा लगानी गरेको छ । अन्तर्राष्ट्रिय आयातको प्रतिस्थापन गरि स्वदेशी उद्योगहरुको विकासमा के.एल. दुगड समुह लागी परिरहेको छ । उक्त समुहले हजारौंको संख्यामा रोजगारी प्रदानगर्दै आएको छ ।

यो सबै हुनुमा उक्त समुहको अध्यक्ष किसनलाल दुगडको निरन्तर लगाव, र सकारात्मक सोचका साथ निरन्तर अगाडी बढ्ने बानीको कारण सम्भव भएको हो भन्ने बुझाइ आम जनमानसको पनि रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै