• २०८१ बैशाख १४ शुक्रबार

युभेन्टसको जितमा रोनाल्डोको २ गोल

kharibot

काठमाडौँ। इटालियन सिरी ए मा युभेन्टसले साम्पडोरियालाई पराजित गरेको छ। शनिबार भएको खेलमा युभेन्टसले साम्पडोरियालाई २-१ गोल अन्तरले पराजित गरेको हो। 

युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डोले दुवै गोल गरेका थिए भने फाबियो क्वाग्लियरेलाले एक गोल गरेका थिए। रोनाल्डोले खेलको दोस्रो मिनेटमै गोल गर्दै युभेन्टसलाई सुरुवाती अग्रता दिलाएका थिए। त्यस्तै साम्पडोरियाका लागि फाबियोले खेलको ३३औ मिनेटमा पेनाल्टीबाट गोल गर्दै खेल बराबरी गरेका थिए। 

पहिलो हाफमा १-१ गोलको बराबरीमा सकिएको खेलमा खेलको ६५औ मिनेटमा रोनाल्डोले पेनाल्टीबाट गोल गर्दै २-१ को अग्रता दिलाएका थिए। साम्पडोरियाले खेलको अतिरिक्त गरेको गोल रेफ्रीले अफसाइड भएको भन्दै नदिए पछि युभेन्टसको जित सुनिस्चित भएको थियो। 

रोनाल्डोले यस खेलमा गरेको २ गोलसँगै सिरी ए मा कुल १४ गोल गर्दै धेरै गोल गर्ने खेलाद को सुचिमा शिर्ष स्थानमा रहेका छन्। रोनाल्डोले सिरी ए का १ खेलमा १४ गोल गरेका छन्। साथै रोनाल्डोले २०१८ मा युभेन्टसका लागि सयौं गोल समेत गरेका छन्। 

जितपछि युभेन्टस सिरी ए को यस सिजनमा अपराजित हुदै १९ खेलमा ५३ अंक हासिल गर्दै लिगको शिर्ष स्थानमा रहेको छ। युभेन्टसले सिरी ए को यस सिजनमा १९ खेलमा १७ मा जित र २ खेल बराबरी खेलेको छ।     

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै