• २०८१ बैशाख ८ शनिबार

सिटिजन्स बैंकको प्रदेश नं २ को प्रादेशिक कार्यालय वीरगञ्जमा

kharibot

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यही पुुस १५ गत प्रदेश नं २ को प्रादेशिक कार्यालय बीरगंजको आदर्शनगरमा स्थापना गरेको छ ।

उक्त कार्यालयको आरम्भ समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । 

प्रदेश नं २ अन्तर्गत बैंकका ८ वटा शाखाहरु (बीरगंज, औरही, बर्दिवास, गौशाला, जनकपुर, निजगढ, पथलैया तथा कोल्हवी) बाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसंगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादनगर्ने विश्वास बैंकले लिएको छ ।

योर पार्टनर फोर प्रोग्रेस”भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदै आएको बैंकले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकमझिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै