• २०८१ बैशाख १२ बुधबार

सन् २०१९ मा जताततै एलियन देख्न पाइने टाइम ट्राभलरको भविष्यवाणी ! (भिडियोसहित)

kharibot

काठमाडौं । एक जना सन् २०३० को टाइम ट्राभलर भएको दाबी गर्ने व्यक्तिले सोमबारदेखि सुरु हुन लागेको अंग्रेजी नयाँ वर्ष सन् २०१९ बारे रोचक भविष्यवाणी गरेका छन् । एजेन्सीहरुका अनुसार उक्त भविष्यवाणीमा अमेरिकाका धेरै सहरहरुमा डरलाग्दो हिमपात हुने बताइएको छ । 

एक जना नोह नामका टाइम ट्राभलरले हिमपातका अतिरिक्त आगामी वर्ष (२०१९) मा यूएफओ-अनआइडेन्टिफाइड फ्लाइंग अब्जेक्ट (अज्ञात उडनतस्तरी)हरुबारे पनि धेरै खुलासा हुने बताएका छन् । ती टाइम ट्राभलरले एपेक्स टिभीको युट्युब भिडियोमा उक्त भविष्यवाणी गरेको बताइएको छ । उनका अनुसार २०२० सम्म जताततै एलियनहरुका उडानहरू देख्न पाइनेछ । एलियन भनेका अन्य ग्रहका मानिसहरु हुन्, जो आजसम्म मानिसको कल्पना मात्रै रहेकोमा अब भने त्यो प्रत्यक्ष देख्न पाइने दाबी गरिएको हो । 

त्यस्तै नोहले काम गर्नसक्ने रोबोटिक आँखा २०१९ को अप्रिलमै सार्वजनिक हुने दाबी गरेका छन् भने जुनमा प्यारालाइज्ड मानिसहरुमा चिप प्रत्यारोपण गरी उनीहरुलाई हिँड्नसक्ने बनाउने समेत दाबी गरेका छन् । उनका अनुसार २०२० को नोभेम्बरमा अमेरिकी वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो कार्यकालका लागि विजय पाउनेछन् । यसलाई उनले विचार नभई तथ्य भनेका छन् । 

नोहले यसअघि आफू सरकारी जागिरे भएको र टाइम ट्राभल गर्न आफ्ना लागि खर्च समेत गरिएको दाबी गरेका थिए । 

  • भिडियो स्रोत : Apex TV/YouTube

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै