• २०८१ बैशाख ७ शुक्रबार

सुर्खेतबाट हराएका बालिका बुटवलमा भेटिए

kharibot

सुर्खेत। छ दिनदेखि सिम्ता गाउँपालिका–९ खानीखोला सुर्खेतबाट हराएका तीन स्कूले बालिका आइतबार बुटवलमा भेटिएका छन् । 

नेपाल राष्ट्रिय मावि सिम्ता कक्षा ९ मा अध्ययनरत १४ वर्षीय निशा सिंह, सोही कक्षामा अध्ययनरत १५ वर्षीय यमुना खत्री र कक्षा ७ मा अध्ययनरत उनकी बहिनी १२ वर्षीय रिसिमा खत्री बुटवल बसपार्कमा फेला पारिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दीलबहादुर मल्लले जानकारी दिए । 

प्रहरी नायब उपरीक्षक मल्लका अनुसार आजै उनीहरुलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले बुझ्ने गरी पठाइएको छ । यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपेन्द्रबहादुर क्षेत्रीले तीनै बालिकालाई बुटवल बसपार्कमा भेटाइएको बताए । 

उहाँले थप्नुभयो, “बुटवल बसपार्कमा ठेलागाडा गर्ने महिलाले दुई दिनसम्म तीनै जनालाई सुरक्षाका साथ माया गरेर राखेको रहेछन् ।” उनका अनुसार शनिबार इलाका प्रहरी कार्यालय छिन्चु सुर्खेतबाट प्रहरी निरीक्षक नीरज चौलागार्इंलाई बाँकेको कोहलपुरमा राखिएको सिसी क्यामेराको फुटेज बुझ्न पठाएपछिको खबरअनुसार उनीहरु बुटवल गएको निश्चित गरिएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै