• २०८१ बैशाख ८ शनिबार

नेपालले युएईसँग खेल्ने सिरिजका लागि २० जनाको प्रारम्भिक टिम छनौट, को को परे ?

kharibot

फाइल तस्बीर

काठमाडौँ। नेपालको युएईसँग हुने एकदिवसीय र टी-२० क्रिकेट सिरिजका लागि २० सदस्यीय खेलाडीको प्रारम्भिक छनौट गरिएको छ। आगामी माघ ९ देखि २० गते (जनवरी २३ देखि फेब्रुअरी ३ ) सम्म हुने यस सिरिजमा नेपालले युएईसँग तीन एक दिवसीय र तीन टी–२० खेल खेल्ने तय भएको छ । 

प्रारम्भिक २० खेलाडीको क्याम्पपछि युएई जाने अन्तिम टिमको घोषणा गरिने नेपाली राष्ट्रिय टिमका म्यानेजर रमण शिवाकोटीले जानकारी दिएका छन्।

प्रारम्भिक टिममा परेका खेलाडीहरुमा पारस खड्का (कप्तान), अभिनाश बोहोरा, बसन्त रेग्मी, भीम सार्की, बिक्रम सोब, बिनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, ललित भण्डारी, ललित नारायण राजबंशी, मोहमद आरिफ शेख, पवन सराफ, प्रदीप ऐरी, रोहित कुमार पौडेल, सन्दीप लामिछाने, शरद भेस्वाकर, सोमपाल कामी, सन्दीप जोरा र सुशान भारी रहेका छन्। 

प्रारम्भिक टिमको छनौट कप्तान पारस खड्का, हेड कोच जगत टमटा र आइसीसीका प्रतिनिधि अमिनुल इस्लामले गरेका हुन्। आगामी जनवरी ८ देखि हुने क्याम्पपछि अन्तिम टिमको घोषणा गरिने भएको छ। 

नेपालले युएईसँग माघ ११ गते (जनवरी २५), माघ १२ (जनवरी २६) माघ १४ (जनवरी २८) मा एकदिवसीय खेल खेल्दै छ भने माघ १७ (जनवरी ३१), माघ १८ (फेब्रुअरी १) र माघ २० (फेब्रुअरी ३) मा टी-२० खेल्दै छ। प्रतियोगित का सबै खेल दुबइमा हुने भएका छन्। 

गत मार्चमा जिम्बावेमा भएको वानडे वर्ल्ड कप क्वालिफायरमा उत्कृष्ट तीन एसोसिएट बन्दै नेपालले पहिलो पटक एकदिवसीय मान्यता पाएको थियो। त्यसपछि नेपालले खेल्न लागेको यो दोस्रो एकदिवसीय सिरिज हो।

गत अगष्टमा नेदरल्याण्ड्ससँग पहिलो एकदिवसीय सिरिज खेलेको नेपालले युएईविरुद्ध दोस्रो पटक एकदिवसीय खेल खेल्न लागेको हो। युएईविरुद्ध यो पहिलो सिरिज भएपनि नेपालले एसिया कप छनोटमा युएईविरुद्ध एकदिवसीय खेल खेलिसकेको हो। दुवै टिम एकदिवसीय मान्यता प्राप्त भएकाले नेपाल र युएईबीचको खेलले एकदिवसीय मान्यता पाएको थियो।

नेपालले अहिलेसम्म तीन एकदिवसीय खेल खेल्दा एक खेल मात्र जितेको छ भने दुईमा हार बेहोरेको छ।

यस्तै एकदिवसीय मान्यता पाएपछि नेपालले नदरल्याण्ड्ससँग इंग्ल्याण्ड्को लर्ड्समा खेलेको टी-२० इन्टरनेशनल खेल भने वर्षाले प्रभावित भएपनि नतिजा विहिन बनेको थियो। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै