• २०८१ बैशाख १३ बिहीबार

सिटी एक्सप्रेस र मलेसियाको भ्यालूबिच रेमिट्यान्स सम्झौता

kharibot

काठमाडौँ । मलेसियाको ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी भ्यालू र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स सेवा सुरु भएको छ । 

भ्यालूको मलेसिया भरी २ हजार एजेन्ट लोकेसनहरु छन् भने आफ्नै मोबाईल एप र ईन्टरनेट बैंकिङ्को पनि सेवा उपलब्ध रहेको छ । 

यो सेवा सुरु भएपछि मलेसियाबाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ६ हजारभन्दा बढि एजेन्टहरुमार्फत सिधैं भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने भएको छ । 

हस्ताक्षर समारोहमा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र भ्यालूको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रसन्न रावोले हस्ताक्षर गरेका छन् । भ्यालुले सिटी एक्सप्रेससँग सिधा रेमिट्यान्स सम्झौता भएकोमा खुशी ब्यक्त गर्दै आगामी दिनहरुमा सिटी एक्सप्रेससँग नयाँ प्रविधिअनुसार सहकार्य गर्दै जाने जानकारी दिएका छन् ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १२ वर्ष देखि बिश्व भरी आफ्नो रेमिट एजेन्ट्हरु बाट ६ हजारभन्दा बढी नेपालको एजेन्ट्हरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै