• २०८१ बैशाख ८ शनिबार

ग्यालेक्सी ए१० मा सामसुङले स्क्रिनमुनि लुकाउँदै छ फिंगरप्रिन्ट स्क्यानर ! 

kharibot

फाइल तस्बिर ।

काठमाडौं । चर्चित स्मार्टफोन निर्माता कम्पनी सामसुङले यसै महिना ल्याउन लागेको ग्यालेक्सी ए१० मा फिंगरप्रिन्ट स्क्यानर स्क्रिनमुनि लुकाउने भएको छ । ए१० कम्पनीको सबैभन्दा पछिल्लो फोन हो । 

एक अनलाइन लिकबाट यसबारे खुलासा भएको बेलायती अनलाइन द सनले जनाएको छ । यसलाई यूडीएफएस अर्थात् अन्डर डिस्प्ले फिंगरप्रिन्ट सेन्सर भनिएको छ । यो टुलले औँलाले थिचेपछि अनलक गर्ने सुविधा दिन्छ । तर अन्य फोनको जस्तो देखिने गरी फिंगरप्रिन्ट यसमा हुनेछैन । त्यस्तै यस फोनमा ठूला इन्फिनिटी डिस्प्लेहरु समेत हुने एउटा ट्विटर लिकर एकाउन्टले जनाएको छ । 

यो एकाउन्टले पहिला पनि सामसुंगका स्मार्टफोनबारे खुलासा गर्ने गरेको थियो । कम्पनीले यही जनवरीमा ए१० ल्याउँदै छ भने बहुप्रतीक्षित ग्यालेक्सी एस१० पनि २०१९ को मध्यतिर सार्वजनिक गर्नेछ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै