• २०८१ बैशाख ८ शनिबार

मेलवर्न डर्बीमा स्टार्सले पायो १४९ को लक्ष्य, सन्दीपले लिए एक विकेट 

kharibot

काठमाडौँ । बिग बास लिगमा सन्दीप लामिछानेले मेलबर्न रेनेगेड्सविरुद्ध एक विकेट लिएका छन् । ४ ओभर बलिङ गरेका सन्दीपले ३१ रन दिएर रेनेगेड्सका कप्तान टम कुपरलाई बोल्ड आउट गरेका थिए। 

मेलवर्न स्टार्सले टस जितेर पहिला बलिङ गरेको खेलमा १४९ रनको लक्ष्य पाएको छ । रेनेगड्सले २० ओभरमा ९ विकेट गुमाएर १४८ रन बनाएको छ ।

मेलवर्न स्टार्सका लागि डावने ब्राभोले ३ विकेट लिए भने मार्कोस स्टोनिस र स्कट बोल्याण्डले २-२ विकेट लिए । त्यस्तै एडम जाम्पा र सन्दीपले एक एक विकेट लिएका थिए ।  
बिग बास लिगको पहिलो खेलमै २ विकेट लिएका सन्दीपले दोस्रो खेलमा ३ र तेस्रो खेलमा २ विकेट लिदै अहिलेसम्म कुल ८ विकेट लिएका छन् ।

सन्दीपको खेल हेर्न नेपाली राष्ट्रिय टिमका कप्तान पारस खड्का पनि मेलवर्न क्रिकेट ग्राउण्डमा पुगेका छन् ।

व्यस्त सन्दीप बिग बास छोडेर बंगलादेश जादै :

अस्ट्रेलियामा भइरहेको बिग बास लिगअन्तर्गत आज सन्दीप लामिछानेको टिम मेलबर्न स्टार्सले मेलवर्नकै अर्को क्लब मेलबर्न रेनेगेड्ससँग खेलिरहेको छ । प्रतियोगिताअन्तर्गत यस खेलमा सन्दीपले एक विएक्त लिएर अहिलेसम्म ४ खेलमा ८ विकेट लिंदै सन्दीपले बिग बास लिगमा आफ्नो छाप छोड्न सफल भएका छन् ।

बिग बास  लिगको आजको खेलपछि सन्दिप बुधबार बंगलादेश प्रस्थान गर्ने नेपाली राष्ट्रिय टिमका म्यानेजर रमण सिवाकोटीले जानकारी दिएका छन् । उनका अनुसार बंगलादेशमा जनवरी ५ देखि सुरु हुने बंगलादेश प्रिमियर लिग (बिपिएल) मा सहभागिता जनाउन सन्दीप बंगलादेश जान लागेका हुन्।

बंगलादेश प्रिमियर लिगको टिम स्यलहेट सिक्सर्सले बिग बास लिग टिम मेलवर्न स्टार्सले भन्दा अगाडी नै सम्झौता गरेका कारण उनले बिग बास लिग छोडेर बंगलादेश जान लागेका हुन् ।

बंगलादेश प्रिमियर लिगमा सन्दीप स्यलहेट सिक्सर्सबाट अस्ट्रेलियान खेलाडी डेभिड वार्नरको कप्तानीमा खेल्दै छन् । उनको टिममा सोहेल तनवीर, मोहम्मद इरफान, इमरान ताहिर, आन्द्रे फ्लेचर, लिटन दास, निकोलस पुरन, तस्किन एहमद, फाबियन एलेन, अल अमिन हुसेन जस्ता खेलाडीहरु रहेका छन् ।

स्यलहेटले आफ्नो पहिलो खेल जनवरी ६ मा कोमिल्ला भिक्टोरिएन्ससँग खेल्दै छ । बंगलादेश प्रिमियर लिग फेब्रुअरी ८ सम्म चल्नेछ जसको लिग चरणको खेलहरु फेब्रुअरी २ सम्म चल्नेछ। तर सन्दीप बंगलादेश प्रिमियर लिग पनि पुरा सिजन खेल्न नपाउने भएका छन् । अहिलेसम्मको खेल तालिका हेर्दा सन्दीपले बंगलादेश प्रिमियर लिगका स्यलहेटका अन्तिम ४ लिग खेल गुमाउने देखिन्छ ।  राष्ट्रिय टिमले युएईसँग एकदिवसीय र टी-२० सिरिज आगामी जनवरी २५ देखि खेल्ने तय भएपछि सन्दीप बंगालदेशबाट सिधै युएई जाने भएका छन् ।

नेपालले युएईसँग जनवरी २५ देखि फेब्रुअरी ३ सम्म गरी ३ एकदिवसीय र ३ टी-२० खेल खेल्ने छ । जसका लागि सन्दीप अहिले नेपालको २० सदस्यीय प्रारम्भिक टिममा परेका छन् ।सन्दीपको टिम बंगलादेश प्रिमियर लिगको प्ले-अफ चरण प्रवेश गरेको खण्डमा पुनः सन्दीप  बंगलादेश फर्किएर लिगकै बाँकी खेल खेल्नेछन्।

बंगलादेश प्रिमियर लिग सकेपछि मात्रै सन्दिप बिग बास लिग खेल्न पुनः फर्कनेछन् । बिग बास लिगको खेल तालिका हेर्दा सन्दीपले मेलवर्नको लिग चरणका फेब्रुअरी ८ र १० मा हुने खेल खेल्न सम्भव देखिएको छ तर बंगलादेश प्रिमियर लिगमा उनको टिम फाइनलमा पुगेमा भने मेलवर्नका लागि लिग चरणको एक मात्र खेल खेल्न सक्ने देखिन्छ ।

विग बास लिगको फाइनल भने फेब्रुअरी १७ मा हुने छ ।

यता सन्दीप बंगलादेश प्रिमियर लिग खेल्न जाने भएपछि उनको सट्टा मेलबर्न स्टार्सबाट इंग्ल्याण्ड राष्ट्रिय क्रिकेटर लियाम प्लंकेट खेल्ने भएका छन् । ३४ बर्षिय तिब्र गतिका बलर प्लंकेट सन्दीपको ठाउमा खेल्न अस्ट्रेलिया पुगिसकेका छन् । लिग सुरु हुनु अघिनै मेलबर्न स्टार्सले सन्दीपको विकल्पको रुपमा प्लंकेट खेल्ने घोषणा गरेको थियो ।

बिग बास लिगमा सन्दीपले अहिलेसम्म ८ विकेट लिएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै