• २०८१ बैशाख ७ शुक्रबार

सप्तरीमा स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गरिने

kharibot

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पेश गरेको प्रस्तावअनुसार सप्तरीमा  रामराजाप्रसाद सिंह स्वास्थ्य बिज्ञान प्रतिष्ठान  स्थापना हुने भएको छ । 

प्रदेश नं २ को सप्तरीमा स्थापना गरिने उक्त स्वास्थ्य विज्ञान प्रतिष्ठानको  नेपाल सरकार मन्त्रिपरिषदको सोमबारको बैठकले निर्णय गरेको थियो ।

उक्त स्वास्थ्य विज्ञान प्रतिष्ठान राजविराज सप्तरीमा स्थापना हुनेछ जसबाट प्रदेश नं १ र २ का विरामीहरुले उपचार सुविधा प्राप्त गर्नुहुनेछ । साथै चिक्त्सिाशास्त्र अध्ययन गर्ने विद्यार्थीहरुका लागि ठूलो अवसर प्राप्त हुनेछ ।

विकास र निर्माणको दृष्टिकोणले अत्यन्त पछाडि परेको यो जिल्लामा  स्वास्थ्य बिज्ञान प्रतिष्ठान स्थापना भएपछि  नेपालका १ र २ न प्रदेशका स्थानीयले सेवा सुविधा पाउनुका साथै सीमावर्ती भारतीयहरुले पनि सेवा प्राप्त गर्न सक्नेछन् । 

स्वास्थ्य बिज्ञान प्रतिष्ठानको स्थापनासँगै स्थानीय तहमा सुलभ र आफ्नै गाउमा स्वास्थ्य सेवा सविधाका साथै रोजगारीका अवसर प्राप्त हुनेछ ।  जसले सप्तरीको जिकासमा फड्को मार्न सघाउ पुग्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै