• २०८१ बैशाख १४ शुक्रबार

वरियतामा श्रीलंकालाई पछि पार्दै अफगानिस्तान सिधै टी-२० विश्कपको सुपर १२ मा 

kharibot

काठमाडौँ । सन् २०२० मा अस्ट्रेलियामा हुने टी-२० विश्वकपमा अफगानिस्तानले सिधै प्रवेश पाएको छ । आइसीसीको वरियतामा श्रीलंकालाई पछि पार्दै अफगानिस्तान शिर्ष ८ टिममा परेपछि विश्वकपको फाइनल प्रतिष्पर्धामा खेल्ने मौका पाएको हो ।

विश्वकपको सुपर १२ मा पुग्ने ८ टिममा आयोजक अस्ट्रेलियासहित पाकिस्तान, भारत, दक्षिण अफ्रिका, न्युजील्याण्ड, ईङल्याण्ड, वेस्टइन्डिज र अफगानिस्तान रहेका छन् । त्यस्तै वरियताको नवौ स्थानमा रहेको श्रीलंका र दशौ स्थानमा रहेको बंगलादेशले भने विश्वकप क्वालिफायरबाट आएका अन्य ६ टिमसँग क्वालिफाई खेल खेल्नु पर्ने छ ।

त्यस्तै आइसीसीका पूर्णकालिन सदस्य जिम्बाबे र आयरल्याण्ड समेत छनौट खेल खेल्नुपर्ने भएको छ । अन्य ६ टिमको भने विभिन्न महादेशबाट छनौट खेल हुन् बाँकी रहेको छ ।

विश्वकपको सुपर १२ मा पुग्न विभिन्न चरणको छनौटबाट आएका ६ टिम र श्रीलंका, बंगलादेश गरी ८ टिमबाट ४ उत्कृष्ट टिम छनौट हुदै विश्वकपको सुपर १२ मा पुग्ने भएका छन् ।

श्रीलंकाका टी-२० कप्तान लतिस मालिंगाले ३ पटक टी-२० विश्वकपको फाइनल खेलेको र एक पटक विश्वकप जितेको श्रीलंका टप ८ मा परेर सिधै जानुपर्ने थियो भन्दै आफुहरुले यसलाई सुपर १२ को तयारीका लागि अतिरिक्त अभ्यास खेलका रुपमा लिएको बताए ।

१८ अक्टोबर देखि १५ नोभेम्बर २०२० सम्म अस्ट्रेलियामा हुने यस विश्वकपका लागि नेपाल पहिलो चरणको छनौट खेलमा पहिलो हुदै अब एशिया स्तरको छनौट खेल्ने क्रममा रहेको छ ।

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै