• २०८१ बैशाख ६ बिहीबार

कार्डिफमाथि टोटनह्यामको सहज जित, ह्यारी केनले बनाए रेकर्ड 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत टोटनह्यामले कार्डिफ सिटीमाथि सहज जित हासिल गरेको छ । गएराती भएको खेलमा टोटनह्यामले कार्डिफलाई ३-० गोल अन्तरले पराजित गरेको हो । 

टोटनह्यामको जितमा ह्यारी केन, सन मिन हंग र क्रिस्टियन इरिक्सनले एक एक गो गरेका हुन् ।

अघिल्लो खेलमा वोल्भसँग ३-१ गोल अन्तरले पराजित भएको टोटनह्यामले प्रतियोगितामा बाउन्सब्याक गर्दै सहज जित निकालेको छ । 

यस खेलमा गोल गर्दै टोटनह्यामका ह्यारी केनले प्रिमियर लिगका आफ्ना सबै प्रतिद्वन्दी क्लबविरुद्ध गोल गरेको रेकर्ड बनाएका छन् । साथै प्रिमियर लिगको इतिहासमा नयाँ बर्षको दिनमा धेरै गोल गर्ने रेकर्ड समेत बनाएका छन् । उनले अहिलेसम्म नयाँ बर्षको दिनमा कुल ५ गोल गरेका छन् ।

जितपछि टोटनह्याम लिगको दोस्रो स्थानमा उक्लिएको छ । टोटनह्यामको २१ खेलमा ४८ अंक भएको छ भने कार्डिफको २१ खेलमा १८ अंक छ र उ लिगको १६औ स्थानमा रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै