• २०८१ बैशाख १३ बिहीबार

सिम्बा सय करोड क्लबमा, पाँच दिनमा यस्तो छ कलेक्सन 

kharibot

मुम्बई। बलिवुडको बहुप्रतिक्षीत मध्यको एक फिल्म सिम्बाले भारतीय बक्स अफिसमा सय करोड क्लबमा प्रवेश गरेको छ । सिम्बाले रिलिजको पहिलो पाँच दिनमा भारतीय बक्स अफिसमा १२४ करोड ५४ लाखको रेकर्ड कलेक्सन गरेको छ । 

सिम्बाले पहिलो दिन २० करोड ७२ लाख कलेक्सन गरेको थियो भने दोस्रो दिन शनिबार २३ करोड ३३ लाख कलेक्सन गरेको थियो । त्यस्तै तेस्रो दिन आइतबार ३१ करोड ६ लाख, सोमबार २१ करोड २४ लाख र मंगलबार २८ करोड १९ लाख कलेक्सन गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । फिल्मले पाँच दिनमा १२४ करोड ५४ लाख कलेक्सन गरेको छ । 

विश्लेषकहरुबाट राम्रो रिभ्यु पाएको सिम्बालाई पूर्ण मनोरन्जनात्मक फिल्म रहेको बताइएको छ । रिलिजको पहिलो तीन दिन दर्शकको राम्रो साथ पाएको सिम्बाले बक्स अफिसमा नयाँ रेकर्ड बनाउने अपेक्षा गरिएको छ । सिम्बालाई नयाँ बर्षको समेत फाइदा उठाएको छ ।

त्यस्तै सिम्बाले भारत बाहेक विश्वभर पनि राम्रो कलेक्सन गरेको छ । पहिलो ४ दिनमा भारत बाहिर ४० करोड कलेक्सन भएको आदर्शले बताएका छन् । यो कुनै पनि मसाला बलिवुड फिल्मको विदेशमा भएको उत्कृष्ट कलेक्सन भएको उनले बताएका छन् ।  

साथै सिम्बा रिलिजको पहिलो दिन अभिनेता रणबीर सिंहको अहिलेसम्मको धेरै कलेक्सन गर्ने फिल्म समेत बनेको छ। फिल्म विश्लेषक तरण आदर्शका अनुसार रणबीरको पद्मावतले पहिलो दिन १९ करोडको कलेक्सन गरेको थियो भने गुण्डेले १६ करोड १२ लाख कलेक्सन गरेको थियो। त्यस्तै रामलीलाले १६ करोड र बाजिराव मस्तानीले १२ करोड ८० लाख कलेक्सन गरेको थियो। 

सिम्बा विश्वभर करिब ५ हजार स्क्रिनमा रिलिज भएको छ भने भारतमा मात्र करिब ४१ सय स्क्रिनमा रिलिज भएको छ। फिल्ममा रणबीर सिंह, सारा अली खान र सोनु सुदको प्रमुख अभिनय रहेको यस फिल्ममा अजय देवगनको विशेष भूमिका रहेको छ। 

फिल्ममा रणबीर सिंह प्रहरीको भूमिकामा दबंग र संघमको फ्युजनको रुपमा देखिएका छन् भने फिल्मलाई करण जोहरले निर्माण गरेको यस फिल्मको निर्देशन चर्चित निर्देशक रोहित शेठीले गरेका छन्।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै