• २०८१ बैशाख ८ शनिबार

राप्रपाले फागुन १५ देखि ३० गतेसम्म ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ गर्ने

kharibot

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी फागुन १५ देखि ३० गतेसम्म ‘मेची–महाकाली राष्ट्रिय स्वाभिमान यात्रा’ गर्ने भएको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको राप्रपा केन्द्रिय समिती, बिभागिय प्रमुख र सचिब तथा जनबर्गिय संगठनका अध्यक्ष र महासचिवहरुको संयुक्त बैठकले उक्त निर्णय गरेको हो ।

राप्रपाले फागुन ७ गतेबाट हिन्दु राष्ट्र पुनर्स्थापना गर्ने आन्दोलनको कार्यक्रमको घोषणा गर्दै फागुन ७ गते संघीय, प्रदेश र स्थानीय सरकारलाई ज्ञापन पत्र दिदै फागुन मसान्तसम्मको अल्टिमेटम दिने कार्यक्रम सार्वजनिक गरेको छ । त्यस्तै राप्रपाले आफ्ना माग पुरा नभए चैत्र १ देखि नयाँ आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने जनाएको छ । 

त्यस्तै राप्रपाले माघ १३,१४ र १५ गते स्थानीय तहमा हिन्दु राष्ट्र पुनर्स्थापना राष्ट्रिय जागरण अभियान र सभा संचालन गर्ने निर्णय गरेको छ । सो कार्यक्रमका लागि राप्रपाले केन्द्रबाट प्रतिनिधि खटाउने भएको छ । साथै राप्रपाले पुष २७ गतेलाई राष्ट्रिय एकता दिवसको रुपमा मनाउने निर्णय गर्दै सरकारसँग सो दिन सार्वजनिक बिदाको माग गरेको छ । साथै राप्रपाले वाइडबडी प्रकरणमा उपसमितिको प्रतिवेदनलाई कार्यान्वयनको माग गरेको छ ।

राष्ट्रिय सार्वभौमिकता र पहिचान संकटमा पर्दै गएको भन्दै राप्रपाले राष्ट्रिय स्वाभिमान यात्रा गर्न लागेको जनाएको छ । बैठकमा पार्टी अध्यक्ष कमल थापाले देशको समसामयिक राजनीतिक विश्लेषणसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै