शिक्षा आयोगको काम प्रभाव पार्ने समाचार सम्प्रेषण नगर्न मन्त्रीको आग्रह

खरीबोट

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले प्रतिवेदन तयारी गरिरहेका बेला आयोगको कामलाई प्रभाव पार्ने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गरेका छन । 

मन्त्रीका तर्फबाट निजी सचिव पुष्पराज ढकालले विज्ञप्ति जारी गर्दै आयोगले आफ्नो प्रतिवेदन तयारीका लागि अन्तिम छलफल भइरहेका बेला चिकित्सा शिक्षा, विद्यालय शिक्षा, प्राविधिक तथा व्यावसायिक शिक्षालगायत विषयमा नीतिगत निरुपण भएपछि मात्र दूरगामी महत्वका विषयमा निर्णय गर्नुपर्ने भएकाले आयोगको काममा नै प्रभाव पार्ने गरी समाचार सम्प्रेषण नगर्न आग्रह गरेका छन् । 

विज्ञप्तिमा चिकित्सा शिक्षा विधेयक प्रा डा गोविन्द केसीसँग सरकारले गरेको सहमतिअनुरुप विधेयक पारित गर्ने सन्दर्भमा फरक मत रहेको नरहेको उल्लेख गर्दै यो विषय संसद्मा छलफलको क्रममा भएकाले निर्णय हुन बाँकी रहेकाले सो सम्बन्धमा भ्रामक प्रचार गरिएको उल्लेख छ । 

मन्त्रिपरिषद्को गत साउन १४ गतेको बैठकबाट अर्को आदेश नभएसम्मका लागि त्रिभुवन विश्वविद्यालयले प्रदान गर्दै आइरहेको सम्बन्धन प्रक्रिया स्थगन गर्ने भनि निर्णय भएको र सो निर्णय बमोजिम कुनै पनि सम्बन्धन नदिएको विज्ञप्तिमा स्पष्ट पारिएको छ । 

यसैगरी आयोग गठन भइ नीति निर्माणको काम भइरहेको अवस्थामा कृषि तथा वन विश्वविद्यालयले आठ निजी कलेजलाई दिइएको सम्बन्धन मन्त्रीको पहलमा रद्द गरिएको विज्ञप्तिमा उल्लेख छ । यसैगरी मन्त्री पदमा वहाली भएपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्बाट कुनै पनि निजी कलेजलाई सम्बन्धन नदिएको स्पष्ट पारिएको छ । 

सम्बन्धित समाचार

चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा तीनको नाम सिफारिस

काठमाडौँ । चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा तीनजनाको नाम सिफारिस भएको छ । उपाध्यक्ष सिफारिस समितिले तीनजनाको नाम सिलबन्दी गरेर शिक्षा मन्त्रालयमा पठाएको छ ।  सिफारिस समितिले २९ साउनमा नाम मन्त्रालयमा पठाएको थियो । मन्त्रालयले

नेपाली भाषामा एकरुपता ल्याउन शिक्षा मन्त्रालयद्वारा परिपत्र जारी

काठमाडौँ । विद्यालय, अदालत र मिडिया तीनै क्षेत्रमा नेपाली भाषामा एकरुपता ल्याइने भएको छ । शैक्षिक क्षेत्रमा एकरुपता ल्याउन शिक्षा मन्त्रालयले परिपत्र जारी गरेको छ । नेपाली भाषाको प्रयोगमा विविधता आएको

शिक्षकलाई पढाउने जिम्मेवारी बहन गर्न मन्त्रालयको आग्रह

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले राहत तथा बालविकास शिक्षकको आन्दोलनका कारण विद्यालयका पठनपाठनमा अवरोध पुर्याउन नहुने भन्दै शिक्षकलाई आफ्नो जिम्मेवारी बहन गर्न आग्रह गरेको छ ।  वार्षिक परीक्षा र

विश्वविद्यालयलाई नयाँ सम्बन्धन नदिन कार्यदलको आग्रह

काठमाडौँ । विश्वविद्यालय सम्बन्धमा गठन गरिएको कार्यदलले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई प्रतिवेदन बुझाएको छ ।  कार्यदलका संयोजक विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा डा देवराज अधिकारीको समूहले तयार पारेको


z