• २०८१ बैशाख १२ बुधबार

म्यानचेस्टर युनाइटेडको जितमा लुकाकु र राशफोर्डको गोल 

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले लगातार चौथो जित हासिल गरेको छ । गएराती भएको खेलमा म्यानचेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडलाई २-० गोल अन्तरले पराजित गर्दै आफ्ना पछिल्ला ४ खेलमा लगातार जित हासिल गरेको हो । 

म्यानचेस्टर युनाइटेडको जितमा रोमेलु लुकाकु र मार्कोस राशफोर्डले एक एक गोल गरेका थिए । पहिलो हाफ बिना कुनै गोल सकिएको खेलमा लुकाकुले खेलको ६४औ मिनेटमा गोल गर्दै म्यानचेस्टरलाई सुरुवाती अग्रता दिलाएका थिए ।

सब्स्टिच्युटको रुपमा मैदानमा प्रवेश गरेका लुकाकुले मैदानमा पुगेको ३८ सेकेन्ड मै गोल गरेका थिए । त्यस्तै राशफोर्डले खेलको ८०औ मिनेटमा गोल गर्दै म्यानचेस्टरको अग्रतालाई दोब्बर पारेका थिए ।

जोसे मोरिन्होलाई बर्खास्त गरेपछि उनको ठाउमा आएका अन्तरिम म्यानेजर ओले गुनार सोलासजरको यो लगातार चौथो जित हो । युनाइटेडको इतिहासमा कुनै पनि म्यानेजरले आफ्नो लगातार आफ्नो पहिलो चौथो खेल जितेको यो दोस्रो पटक हो । यस अघि युनाइटेडका म्यानेजर माट बस्बीले सन् १९४६ मा लगातार ४ खेल जितेका थिए ।

जितपछि म्यानचेस्टर युनाइटेडको २१ खेलमा ३८ अंक भएको छ भने न्युक्यासल युनाइटेडको २१ खेलमा १८ अंक रहेको छ । 
    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै