काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेड र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबीच नेपाल सरकारले चालु आ.व .२०७५/०७६ को बजेटबाट व्यवस्था गरे बमोजिम २० प्रतिसत प्रत्यक्ष हिस्सा पुनर्बीमा व्यवस्थाको लागि सम्झौता सम्पन्न भएको छ ।
बुधबार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र सन नेपाल लाइफका .प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन ।
उक्त व्यवस्थाले चालु आ.व.को आरम्भ देखि नै पुनर्बीमा हुने र यस बाट दुवै कम्पनी लाभदायी हुने देखिन्छ ।