• २०८१ बैशाख ७ शुक्रबार

ग्लोबल आइएमई बैंकले अनलाइन सेयर कारोबार गर्ने

kharibot

काठमाडौं । ग्लोबल आइएमई बैंक नेप्सेको अनलाइन सेयर कारोबार प्रणालीमा आबद्ध भएको छ । यसमार्फत बैंकका ग्राहकहरुले स्वचालित प्रणालीबाट अनलाइन सेयर कारोबार गरी सेयर खरिद बिक्रीबापतको रकम रकमान्तर तथा राफसाफ गर्न सक्नेछन् । 

यसै सम्बन्धमा बैंकले लगानीकर्ताहरुलाई अझ बढी सुविधा प्रदान गर्ने उद्घेश्यले ग्लोबल सेयर लगानी बचत खाता सञ्चालनमा ल्याएको हो । बैंकका अनुसार यो बचत खाताबाट लगानीकर्ताहरुले घरमै बसी सजिलै स्वचालित अनलाईनप्रणालीबाट सेयर कारोबार गर्न तथा सेयर खरिदबिक्रीबापतको रकम राफसाफ गर्न सकिने छ ।

उच्चतम ब्याजदर पाइने यो बचत खातामा निःशुल्क भाइबर र मोबाइल बैंकिङ्ग, पहिलो वर्ष निशुल्क डिम्याट खाता, मेरो शेयर खाता र डेबिट कार्ड उपलब्ध हुने छ । यसका साथै आईपिओ र एफपिओ बारे जानकारी लिन मिल्ने एव्म आस्वा सुबिधा, इन्टरनेट बैंकिंङ्ग र चेकबुक निशुल्क पाइने छ । यस बाहेक लकर, क्रेडिड कार्ड र ऋण प्रोसेसिंगमा ५० प्रतिशत छुट पाईने पनि बैैकले जानकारी दिएको छ ।  

यसअघि बैंकमा खाता भएका ग्राहकहरुले समेत इन्टरनेट बैंकिंङ्ग सेवा लिई अनलाईन शेयर कारोबार गर्न पाउनेछन् । सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले १२ वर्षअघि स्थापना भएको बैंकले हाल एक सय ३३ शाखा,  एक सय ४१ एटिएम, सात वटा एक्सटेन्सन काउण्टर, १४ वटाराजश्व संकलन काउण्टर र एक सय १५ शाखा रहित बैंकिङ्ग सेवा, विदेशमा तीन प्रतिनिधि/सम्र्पक कार्यालय मार्फत आफ्ना नौ लाख ५० हजार भन्दा बढि ग्राहकहरुमाझ सेवा प्रदान गर्दै आइरहेको छ ।

त्यस्तै बैंकले अत्याधुनिक प्रविधियुुक्त भाईवर बैंकिङ्ग सेवा, मोबाइल बैंकिंङ्ग सेवा, इन्टरनेट बैंकिंङ्ग सेवाको साथमा अष्टे«लिया, बेलायत र भारतमा प्रतिनिधि÷सम्र्पक कार्यालय स्थापना गरेर ति देशमा रहेका नेपालीहरुलाई सेवा प्रदान गर्दै आईरहेको छ ।  

त्यसैगरी बैंकले मलेसिया, दक्षिण कोरिया, कतार, युएई, बहराइन, जोर्डन, अष्टे«लिया, बेलायत र भारत लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउने कार्यमा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै